राजनीति

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए
पोखरा, १२ कात्तिक/ नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमै फर्किएका छन् । नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीले एमालेमा फर्केको घोषणा गरेका हुन् । उनलाई एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गर्ने कार्यक्रममा नेपालीले नेकपा एकीकृत समाजवादी पार्टी नेपालमै नरहने बताए । पार्टीमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाले हर्षित बनेको बताए । उनले बाहिर रहेका सबैका लागि ढोका… पुरा पढौ

मिरुवामा एमाले कास्की ३ को चुनावी कार्यालय

मिरुवामा एमाले कास्की ३ को चुनावी कार्यालय
पोखरा, २ कात्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुटेका छन् । चुनावकै तयारी स्वरुप एमालेले क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको छ । एमाले पोलिटब्यूरो सदस्यद्वय जगत विश्वकर्मा, सीता गिरि ओली, प्रतिनिधिसभा र प्रदेश सभा उम्मेद्वारको उपस्थितिमा पोखरा २ मिरुवामा क्षेत्र नम्बर ३ को चुनावी हेडक्वाटर स्थापना गरिएको हो । एमालेको तर्फबाट कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा दामोदर पौडेल बैरागी, प्रदेश सभा ‘क’… पुरा पढौ

कास्की– २ मा गठबन्धन दलहरुको निर्वाचन कार्यालय

कास्की– २ मा गठबन्धन दलहरुको निर्वाचन कार्यालय
पोखरा, २ कार्तिक/ गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । कार्यालयको नयाँबजारमा उम्मेदवारसहित गठबन्धन दलका गण्डकी प्रदेशका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र संबृद्धिका लागि गठबन्धन निर्माण भएको बताए ।कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । जनताको पक्षमा कानुन निर्माण गर्न… पुरा पढौ

कास्की क्षेत्र १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन

नेपाली कांग्रेस
पोखरा, ३० असोज/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका विनय थापा, एकीकृत समाजवादीका पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका… पुरा पढौ

कास्की क्षेत्र १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन

नेपाली कांग्रेस
पोखरा, ३० असोज/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा (माओवादी केन्द्र) का विनय थापा, नेकपा (एकीकृत समाजवादी) का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र… पुरा पढौ

कास्की १ मा एकीकृत समाजवादीका सापकोटाले उम्मेदवारी दर्ता

घननाथ सापकोटा
पोखरा, २३ असोज/ कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका घननाथ सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । मादी गाउँपालिकाका पार्टी अध्यक्ष समेत रहेका सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटी सचिवालय सदस्य एवं महानगर युवा संघका अध्यक्ष सुमन ढुंगाना र समर्थकमा जिल्ला उपसचिव डीबी राई रहेका छन् । युवा नेतृत्वबाट मात्र यो देशको बिकास सम्भव हुने तथा देश र जनताका वास्तविक समस्याहरुको समाधान गर्न सक्ने आँट युवामा मात्र… पुरा पढौ

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, २३ असोज/ नेकपा एमालेका नेता खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ ‘क’ मा मनोनयन दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् । अधिकारी गण्डकी प्रदेश सभामा एमालेको तर्फबाट मुख्यमन्त्रीका रुपमा नाम चर्चामा छ । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएपछि उनी मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश झरेका हुन् । पूर्व स्वास्थ्यमन्त्री र गृहमन्त्री भैसकेका अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्री… पुरा पढौ

कास्की क्षेत्र नम्बर १ मा किशोरदत्त बरालल टिकट

किशोरदत्त बराल
पोखरा, २३ असोज/ कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांग्रेस जिल्ला सभापति किशोरदत्त बराललाई टिकट दिएको छ । उनी एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् । क्षेत्र नम्बर १ को प्रदेश ख मा दीपक गुरुङ माइला, क्षेत्र नम्बर २ ख मा गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा र क्षेत्र नम्बर ३ ख मा प्रकाश बरालले टिकट पाएका छन् । कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्रमध्ये केन्द्रको १ र प्रदेशका ३ कांग्रेसको भागमा परेका छ । क्षेत्र नम्बर २… पुरा पढौ

काग्रेसबाट कस कसले पाए कास्कीमा टिकट

प्रकाश बराल
पोखरा, २३ असोज/ कास्कीमा नेपाली काग्रेसबाट प्रदेशमा टिकट पाउनेको निर्णय भएको छ । कास्की क्षेत्र नम्बर १ ख दिपक गुरुङ माइला, कास्की २ ख बाट विन्दुकुमार थापा र कास्की क्षेत्र नम्बर ३ ख मा काग्रेसबाट प्रकाश बराल पाए टिकट पाएका छन् । पोखरा २२ पुम्दीभुम्दीका बराल नेपाली काग्रेस गण्डकी प्रदेशका सदस्य सचिब हुन् । जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख रहेका बरालले निर्वाचनका लागि राजिनामा दिइ सकेका छन् । यो क्षेत्रमा नेकपा एमालेकाबाट राजीब पहारी चुनावी मैदानमा छन् । पुरा पढौ

कास्की क्षेत्र नम्बर ३ ख मा काग्रेसबाट प्रकाश बराल पाए टिकट

प्रकाश बराल
पोखरा, २३ असोज/ कास्की क्षेत्र नम्बर ३ ख मा काग्रेसबाट प्रकाश बराल पाए टिकट पाएका छन् । पोखरा २२ पुम्दीभुम्दीका बराल नेपाली काग्रेस गण्डकी प्रदेशका सदस्य सचिब हुन् । जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख रहेका बरालले निर्वाचनका लागि राजिनामा दिइ सकेका छन् । यो क्षेत्रमा नेकपा एमालेकाबाट राजीब पहारी चुनावी मैदानमा छन् । पुरा पढौ