राजनीति

अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउनु छः विन्दु थापा

विन्दुकुमार थापा
पोखरा, २४ कार्तिक/ कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । विहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा… पुरा पढौ

घान्द्रुकको विकासमा कुनै कसुर बाँकी राख्दिनः बराल

प्रकाश बराल
घान्द्रुक, २४ कार्तिक/ नेपाली कांग्रेसका युवा नेता प्रकाश बरालले घान्द्रुकका समस्याका विषयमा आफू पूर्ण जानकार रहेको भन्दै यहाँको विकासमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् । चुनाव प्रचार(प्रसारका क्रममा कास्कीको घान्द्रुक आएका बरालले यहाँ मुख्य समस्या सडक भएकाले आफूले जिम्मेवारी पाएपछि सडक स्तरोन्नतिका लागि विशेष ध्यान केन्द्रित गर्ने स्पष्ट पारे । ‘यहाँको समस्या पुल र विजुली पनि हो । खोलाकै कारण घान्द्रुक आउने पर्यटकलाई समस्या भएको मैले बुझेको छु । यो समस्या छिट्टै समाधान हुन्छ’, उनले भने, ‘नेपालको एउटा… पुरा पढौ

‘सडक पूर्वाधार समृद्धिको आधार’—एमाले नेत्री विद्या भट्टराई

विद्या भट्टराई
पोखरा,२४ कार्तिक / कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै… पुरा पढौ

उद्यमशीलता र पूर्वाधारलाई जोड दिनेछुः दिपक माइला

दिपक गुरुङ माइला
पोखरा, २३ कात्तिक/ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन् । पोखरा–१० मा बुधबार भएको घरदैलोमा उहाँले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए । ‘यहाँको विकास गर्न भनेर नै मेरो उम्मेदवारी हो । एक पटक जिताएर पठाउनुहोस् । पोखरा साँच्चिकै पोखरा जस्तो बनाउनेछु,’ उनले भने, ‘योजना बनाउन सजिलो हुन्छ तपाईको साथ पाए भने कार्यान्वयन पनि तत्काल हुनेछ ।’ उनले समुन्नत नेपाल र… पुरा पढौ

रुपा पछि वेगनासमा झोलुंगे पुल– कोईराला

दीपक कोइराला
पोखरा, २३ कात्तिक/ आसन्नत प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले अव वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट गर्दै रुपातालमा जस्तै वेगनासतालमा पनि पुल निर्माण गर्ने आफुनो योजना रहेको उनको भनाई थियो । ‘अहिलको कार्यकालमा रुपातालमा पुल बनाईयो, अबको कार्यकालमा वेगनासमा बनाउने हो ।’ उनले भने । कोईरालाले वेगनासको पिप्लेबाट बराह मन्दिर जोड्ने पुल आफुनो योजनामा… पुरा पढौ

‘त्रिपुण्ड टिका र गेरु गलबन्दी’ किन लगाउँछन् अरुण गिरी ?

अरुण गिरी
पोखरा, २३ कात्तिक/ निधारमा त्रिपुण्ड टिका । गलामा गेरु रंगको गलबन्दी । झट्ट हेर्दा अरुण गिरी कुनै हिन्दु पुजारी हुन् कि जस्तो लाग्छ । तर त्यसो होईन । अरुण गिरी त यतिबेला यहि हुलियामा कास्की क्षेत्र नम्बर २ २ मा पर्ने विभिन्न वडामा राप्रपाको पक्षमा मत मागिरहेका छन् । राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न उनले मतदाताहरुलाई आग्रह गरिरहेका छन् । कारण, उनी यही क्षेत्रका लागि राप्रपाका उम्मेदवार हुन् । हुलियाकै कारण गिरी अन्य दलका उम्मेदवारहरुभन्दा फरक लाग्छन् । यस्तो… पुरा पढौ

आर्वाको विकासमा लागि पर्नेछुः गुरुङ

दिपक गुरुङ
पोखरा, २३ कार्तिक/ बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन… पुरा पढौ

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारी पोखरा २३ ठुलाखेतको घरदैलो कार्यक्रममा
पोखरा, २१ कार्तिक/ कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसंग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेको बताए । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ, लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँलेनै हो’उनीहरुको भनाई छ ।… पुरा पढौ

कालिकाको खानेपानी समस्या मुक्त गराउँछुः गुरुङ

दिपक गुरुङ माइला
पोखरा, २० कात्तिक/ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् । ‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन्,’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले… पुरा पढौ

खाडीमा होइन, स्वदेशमै जवानीः मीना

मीना गुरुङ
पोखरा, २० कात्तिक/ व्यवस्था फेरिएपछि दिनहुँ काठमाडौंबाट विदेश उड्नेको लर्काे टुटेको छैन, अझ लामो हुँदै छ । देशको अर्थव्यवस्थामा रेमिट्यान्सको ठूलो हिस्सा छ । नेपालको समृद्धि देशमै राजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म सम्भव छैन । यही कुरालाई दृष्टिगत गरी कास्की २ का एमाले उम्मेदवारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न पहलकदमी लिने प्रतिवद्धता गरेका छन् । एमालेबाट कास्की २ (२) की उम्मेदवार मीना गुरुङले नयाँ नेपालको सपना देशमै रोजगारी र दह्रो अर्थतन्त्र निर्माण नभएसम्म सम्भव नहुने बताइन् । आइतबार… पुरा पढौ