राजनीति

उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी

उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी
पोखरा, २० कात्तिक/ सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् । कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस… पुरा पढौ

‘समृद्धिका पाँच आधारः पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’

विन्दु कुमार थापा
पोखरा, १९ कार्तिक/ कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै थापाले यिनै पाँच आधारबाट नै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने बताए । ‘गण्डकी प्रदेश समृद्धिका पाँच आधारलाई आत्मसाथ गर्दै चुनावी मैदानमा छु । पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार विकास नै समृद्ध प्रदेशका आधार हुन् । अबको पाँच वर्ष यसमै टेकेर… पुरा पढौ

सुरु गरेका काम पूरा गर्न मेरो उमेद्वारी- कोइराला

दीपक कोइराला
पोखरा, १४ कात्तिक/ फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ । संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित दीपक कोइरालाकै योजनामा फुट ट्र्याक बनेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले… पुरा पढौ

नेकपा एमाले गण्डकीको प्रतिवद्धता सार्वजनीक (पुर्णपाठ सहित)

नेकपा एमाले गण्डकीको प्रतिवद्धता सार्वजनीक
पोखरा, १३ कात्तिक/ केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजना सहित नेकपा एमाले गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारले थालनी गरेका कामलाई पूर्णता दिने गरी प्रतिवद्धता पत्र तयार मस्यौदा समितिका संयोजक धनञ्जय दवाडीले बताए । एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश, मुख्यमन्त्री जालवायु मैत्री कृषि गाउँ, एक निर्वाचन क्षेत्र एक सडक जस्ता प्रारम्भ भएका कार्यक्रमलाई निरन्तरता र पूर्णता दिनका लागि गण्डकी… पुरा पढौ

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किए
पोखरा, १२ कात्तिक/ नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमै फर्किएका छन् । नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीले एमालेमा फर्केको घोषणा गरेका हुन् । उनलाई एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गर्ने कार्यक्रममा नेपालीले नेकपा एकीकृत समाजवादी पार्टी नेपालमै नरहने बताए । पार्टीमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाले हर्षित बनेको बताए । उनले बाहिर रहेका सबैका लागि ढोका… पुरा पढौ

मिरुवामा एमाले कास्की ३ को चुनावी कार्यालय

मिरुवामा एमाले कास्की ३ को चुनावी कार्यालय
पोखरा, २ कात्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुटेका छन् । चुनावकै तयारी स्वरुप एमालेले क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको छ । एमाले पोलिटब्यूरो सदस्यद्वय जगत विश्वकर्मा, सीता गिरि ओली, प्रतिनिधिसभा र प्रदेश सभा उम्मेद्वारको उपस्थितिमा पोखरा २ मिरुवामा क्षेत्र नम्बर ३ को चुनावी हेडक्वाटर स्थापना गरिएको हो । एमालेको तर्फबाट कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा दामोदर पौडेल बैरागी, प्रदेश सभा ‘क’… पुरा पढौ

कास्की– २ मा गठबन्धन दलहरुको निर्वाचन कार्यालय

कास्की– २ मा गठबन्धन दलहरुको निर्वाचन कार्यालय
पोखरा, २ कार्तिक/ गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । कार्यालयको नयाँबजारमा उम्मेदवारसहित गठबन्धन दलका गण्डकी प्रदेशका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र संबृद्धिका लागि गठबन्धन निर्माण भएको बताए ।कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । जनताको पक्षमा कानुन निर्माण गर्न… पुरा पढौ

कास्की क्षेत्र १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन

नेपाली कांग्रेस
पोखरा, ३० असोज/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका विनय थापा, एकीकृत समाजवादीका पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका… पुरा पढौ

कास्की क्षेत्र १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन

नेपाली कांग्रेस
पोखरा, ३० असोज/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा (माओवादी केन्द्र) का विनय थापा, नेकपा (एकीकृत समाजवादी) का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र… पुरा पढौ

कास्की १ मा एकीकृत समाजवादीका सापकोटाले उम्मेदवारी दर्ता

घननाथ सापकोटा
पोखरा, २३ असोज/ कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका घननाथ सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । मादी गाउँपालिकाका पार्टी अध्यक्ष समेत रहेका सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटी सचिवालय सदस्य एवं महानगर युवा संघका अध्यक्ष सुमन ढुंगाना र समर्थकमा जिल्ला उपसचिव डीबी राई रहेका छन् । युवा नेतृत्वबाट मात्र यो देशको बिकास सम्भव हुने तथा देश र जनताका वास्तविक समस्याहरुको समाधान गर्न सक्ने आँट युवामा मात्र… पुरा पढौ