किशोरदत्त बराल
पोखरा, २३ असोज/ कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांग्रेस जिल्ला सभापति किशोरदत्त बराललाई टिकट दिएको छ ।
उनी एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् । क्षेत्र नम्बर १ को प्रदेश ख मा दीपक गुरुङ माइला, क्षेत्र नम्बर २ ख मा गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा र क्षेत्र नम्बर ३ ख मा प्रकाश बरालले टिकट पाएका छन् ।
कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्रमध्ये केन्द्रको १ र प्रदेशका ३ कांग्रेसको भागमा परेका छ । क्षेत्र नम्बर २ मा नेकपा समाजवादीले श्रीनाथ बराललाई उठाउने भएको छ भने क्षेत्र नम्बर ३ मा माओवादीले रामजी बराल जीवनले उमेद्वारी दिने छन् ।