एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, २३ असोज/ नेकपा एमालेका नेता खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ ‘क’ मा मनोनयन दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् ।
अधिकारी गण्डकी प्रदेश सभामा एमालेको तर्फबाट मुख्यमन्त्रीका रुपमा नाम चर्चामा छ । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएपछि उनी मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश झरेका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री र गृहमन्त्री भैसकेका अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा टिकट दिएका हुन् । उनी सगँ नेकपा माओवादी केन्द्रका नेता दिपक कोइरालाले सत्ता गठबन्धका तर्फबाट उमेद्वारी दिएका छन् ।
उनले गण्डकी प्रदेशका निर्वतमान सांसद हुन् । अघिल्लो निर्वाचनमा उनीहरु सगँ भोट माग्न हिडेका थिए भने यो निर्वाचनमा उनीहरु एक अर्को विरुद्ध मैदान उत्रिदै छन् ।
नेकपा एमालले कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् । त्यसै गरी कास्की क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका तर्फबाट काग्रेस सभापति किशोरदत्त बरालले उमेद्वारी दर्ता गरेका छन् ।
कास्की १ ख मा नेपाली काग्रेसबाट दीपक गुरुङ माइला र नेकपा एमालेका श्यामबहादुर गुरुङले उमेद्वारी दिएका छन् ।