यी हुन् कांग्रेसका गण्डकी प्रदेशबाट सघिय समानुपातिक उम्मेदवार

-


     क्लिक गण्डकी     
     असाेज १९ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेश

गण्डकी प्रदेश

पोखरा, १९ असोज/ नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको सघिय समानुपातिकको अन्तिम बन्दसूची कास्की दुई जना सहित ८ जनाको नाम परेको छ ।

कास्कीका जीवन परियारको दलित फर्तको बन्द सुचिमा १ नम्बरमा नाम रहेको छ । त्यसै गरी आदिवासी जनजातीको महिला तर्फको १४ नम्बरमा विन्दा आलेका नाम रहेको छ ।

खस आर्य तर्फ तनहुँका गोविन्द्र भट्टराईको पुरुष तर्फको ४ नम्बरमा रहेको छ । आदिवासी जनजातीको पुरुष तर्फको १ नम्बर सुचिमा स्याङजाका गोपालमान श्रेष्ठको नाम समाबेश छ ।

यहि सुचिमा बागलुङकी रेनुका काउचा मगर महिला तर्फको १० नम्बर र भीम श्रीसको नाम पुरुष तर्फको १६ नम्बर सुचिमा छ ।

मुश्लिम तर्फ गोर्खाका अव्दुल सतारले पुरुष तर्फको २ नम्बर र थारु तर्फ नवलपुरकी विना थनेतले महिला तर्फको २ नम्बरमा नाम लेखाउन सफल भएका छन् ।



Tags: ,