राजनीति

स्थानिय निर्वाचनमा गण्डकी प्रदेशमा तालमेल गर्ने निर्णय

पोखरा, १८ चैत/ स्थानियतहको निर्वाचनमा सत्ता रुढदलहरु विच तालमेल गर्ने सहमती भएसंगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयम भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानिय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपालीकांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले जानकरी दिए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न भएको प्रदेश र जिल्ला स्तरका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानिय निर्वाचनका लागि प्रदेश स्तरमा तालमेल गर्दै… पुरा पढौ

संघीयता मजबुत पार्न प्रदेशलाई अधिकार र स्रोत देऊ : मुख्यमन्त्री पोखरेल

काठमाडौं,  १५ चैत । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनु पर्ने भन्दै यहाँका सम्भावित उद्योगहरुको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठक मुख्यमन्त्री पोखरेलले विकास निर्माण अन्य क्षेत्रमा झेल्नु परेका समस्याहरु उठान गरेका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गर्न निर्णय भएका विषयहरुलाई नै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसहित अन्य प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

मन्त्री विन्दुकुमार थापाको तलब भत्ता सामाजिक सेवामा

विन्दु कुमार थापा
पोखरा, १५ चैत/ गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त भएको तलब भत्ता सामाजिक सेवामा खर्च गरेका छन् । मन्त्री थापा गण्डकी प्रदेशको सांसद भए पछि अहिले सम्म ४६ लाख ६७ हजार सहयोग गरेका छन् । थापा सांसद भएदेखी पाएको तलब र भत्तामा थप गरेर सामाजीक काममा लगाएका हुन् । मन्त्री थापाले आफुले निर्वाचनपछि राज्यबाट प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक सेवामा खर्च गरेको जानकारी दिए । प्रेस युनियन कास्कीद्धारा पोखरामा आयोजित पत्रकार… पुरा पढौ

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी सचिबमा पराजुली

पोखरा, १९ फागुन/ माओवादी केन्द्र पोखरा महानगरले नयाँ कार्य समिति पाएको छ । महानगरले झण्डै तिन महिना पछि हरिनारायण गिरी (बिज्ञान) को अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुङगाना र हर्कमाम बिक चयन गरेको छ । सचिवमा जनक पराजुली, सह सचिवमा विमला पहारी, कोषाध्यक्षमा सुर्यराज तिवारी सर्बसम्मत चयन भएका छन् । पुरा पढौ

एमसीसीको पक्षमा मतदान गर्न पाँच नेता असहमत

काठमाडौं। एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच नेताले असहमति जनाएका छन्। आइतबार खुमलटारमा बसेको माओवादी केन्द्रको बैठकमा उनीहरुले असहमति राखेका हुन्। अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन्। उनीहरुले पक्षमा मतदान गर्न असहमति राखेका हुन्। व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन्। यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन्। निर्णय… पुरा पढौ

एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न ओलीको चेतावनी, पाँचै दल एकैचोटी आऊः ओली

पोखरा, १३ फागुन/ नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । पोखरामा शुक्रबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एमालेलाई चाहीदा मात्रै प्रयोगमा ल्याउने खुत्रुके नबुभ्न चेतावनी दिए । घर–घरमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन रहेको प्रसंग निकाल्दै ओलीले एमालेलाई त्यतै नठान्न बताए । अध्यक्ष ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको बताए । कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको… पुरा पढौ

एमाले कास्कीका जनसंगठनद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, १८ माघ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । निर्वाचन आयोगले समेत संविधानको पालना गर्न स्थानीय तहको अवधि नकटाई निर्वाचन घोषणा गरिदिन गरेको आग्रहलाई समेत बेवास्ता गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आलटाल गरिरहेको जनसंगठनले ठहर गरेको छ । ‘नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र संघीय… पुरा पढौ

गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धन बैठक

पोखरा, १४ माघ/ राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धनको समीक्षा बैठक गरेको छ । माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी हुनुभएकोमा उहाँहरुमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकाल्यो । समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई… पुरा पढौ

राष्ट्रिय सभाको निर्वाचनः गण्डकीबाट कमला पन्त, सुरेश आले र भुवनबहादुर सुनार बिजयी

पोखरा, १२ माघ / राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तीनै जना बिजयी भएका छन् । गठबन्धनबाट महिला तर्फ कांग्रेसकी कमला पन्त, खुल्ला र दलित तर्फ माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनार बिजयी भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।  निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । निर्वाचन अन्तर्गत महिला कोटामा कमला पन्तल एमालेकी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरीन्… पुरा पढौ

नेपाली कांग्रेस गण्डकी प्रदेश सचिवमा प्रकाश बराल चयन

पोखरा, १० माघ/ नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलयको सचिव पदमा प्रकाश बराल नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतवार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन् । बरालले नेपाली कांगे्रस प्रदेश कार्यलयमा प्रशासनिक प्रमुखको काम गर्ने छन् । बरालले यसभन्दा पहिले कास्की क्षेत्र नम्वर ३ को सभापतिको रुपमा काम गरिसकेका छन् । उनले प्रदेश तहमा प्रशासनिक आर्थिक तथा व्यवहारीक रुपमा अनुशासन कायम गर्दै कार्य संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पुरा पढौ