नारायणमान विजुक्छे
पोखरा, २० साउन/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली नै भई जनताको घर दैलौ जानुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको प्रधानमन्त्री नेपाली जनताले बताउने बताउदै दिल्ली धाउनु नपर्ने बताए ।
केही दिन अगाडी माओवादीका अध्यक्ष पुष्पकोमल दाहाल प्रचण्ड दिल्ली गएको तर्फ इन्गित गदै नेता विजुक्छेले नेपाली जनताको मन जितेर सरकार बताउनु पर्ने बताए । दिल्लीमा गएर सरकार बनाउन माग गर्ने हैन ।
उनले दलहरुले चुनावी घोषणापत्र विपरीतका पार्र्टी सगँ गठबन्धन गरेर सरकार बनाउन नहुने बताए । नेता विजुक्छेले घोषणापत्रमा बामपन्थी हुने तर दक्षिणपन्थी सगँ गएर सरकार बताउन नमिल्ने बताए ।
‘घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नाएपछि अर्को पन्थी तर्फ जान हुदुैन,’ विजुक्छेले भने ‘बामपन्थी भएर दक्षिणपन्थी सगँ मिलर सरकारमा जान सिद्धान्तले दिदै दिदैन ।’ उनले घोषणापत्र हेरेर जनताले भोट हाल्ने हुदाँ जनताको आदेश विपरीत जानु भएको बताए ।
उनले जनताको आदेश विपरीत काग्रेस सगँ पनि मिल्ने, राप्रपा सगँ पनि मिल्ने जो सगँपनि मिल्ने यो सिद्धान्त विपरीतको काम भएको बताए । उनले अर्थशास्त्रको कुनै ज्ञान नभएका मान्छेलाई अर्थमन्त्रि बताएको भन्दै विरोध गरे ।
उनले चिन र अमेरिका विच बढ्दो तनाबका कारण नेपाललाई पनि अप्ठेरो पर्ने बताए । रसिया र युक्रेन बिचको युद्धका कारण विश्वभर मंहङ्गि बढेको बताउदै उनले अमेरिका र चिन बिचको द्धन्दका कारण अझ चरम संकट उत्पन्न हुन सक्ने बताए ।