गठबन्धन आगामि चुनाव सम्म नै –नेता नेपाल

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०७९ मा प्रकाशित


माधवकुमार नेपाल

माधवकुमार नेपाल

पोखरा, ९ साउन / नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन सम्म गठबन्धन कायमै रहने बताएका छन् । ४४ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उनले गठबन्धन दलहरु आगामी निर्वाचनसम्म तालमेल गरेरै अगाडी बढ्ने बताए ।

नेता नेपाल तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावना अनुसार हुने उनको भनाई छ । स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए ।

‘अहिले कसै कसैले अन्य तरिकाबाट अनेक थरिका कुरा गर्न थालेका छन् तर गठबन्धन टुट्नेवाला छैन्,’ उनले भने, ‘आउने चुनावसम्म गठबन्धन कायमै रहन्छ यसका लागि हाम्रो तर्फबाट अवश्य पनि बहस र छलफल हुन्छ ।’

उनले कसैले गठबन्धन गर्दा यो या त्यो बहानामा ठूलो भाग खोजेको खण्डमा टुलुटुलु हेरेर नबस्ने बताए । शक्ति बनाउने कुरामा कुनै कसुर बाँकी नराख्ने उनको भनाई थियो ।



Tags: