समाचार

गण्डकीको चालु हिउँदे अधिवेशन अन्त्य

पोखरा, २५ चैत/ गण्डकी प्रदेश सरकारले संसदको चालु हिउँदे तथा नवौं अधिवेशन अन्त्य गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शुक्रबार राति १२ देखि अधिवेशन अन्त्य भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले बताए । बिहीबारको मन्त्रीपरिषद्को बैठकले हिउँदे अधिबेसन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।अधिकारीले चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्ये भएको घोषणा गरेका हुन् । हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएका छन् । पुरा पढौ

उज्यालो गण्डकी प्रदेश घोषणाका तयारीमा गण्डकी प्रदेश

उज्यालो गण्डकी प्रदेश घोषणाका तयारीमा गण्डकी प्रदेश
पोखरा, २४ चैत/ गण्डकी प्रदेश सरकारले २ वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिएपनि चार वर्ष पुरा भई सक्दा पनि विद्युतीकरण हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को अन्त सम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री हरिशरण आचार्यले बिहीबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । उनले अहिले सम्म ५ हजार ९ सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरि बत्ती बालिएको बताए । बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत जडान… पुरा पढौ

पोखरा, अन्नपुर्ण, माछापुच्छे, मादी र रुपा पालिकामा कुन वडा कति मतदाता

पोखरा, अन्नपुर्ण, माछापुच्छे, मादी र रुपा गाउँपालिकामा कुन वडा कति मतदाता पुरा पढौ

मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन

पोखरा, २० चैत/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना शनिबार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशभरका नागरिकलाई आधारभूत खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको र त्यसै अनुसार काम गर्दै आएको बताए । स्वच्छ खानेपानी नागरिकका मौलिक अधिकार रहेको भन्दै उनले प्रदेश सरकारले थालेको १ घर १ धारा अभियान अब सार्थकतामा पुक्ष्न लागेको बताए ।… पुरा पढौ

पोखराको नयाँ ल्याण्डफिल साइट पोखरा ३३ मा

पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले ल्याण्डफिल साइट पोखरा वडा नम्बर ३३ मा सार्ने निर्णय गरेको छ । साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको हो । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने २ ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ । यस आगडी ल्याण्डफिल्ड साइडले पोखरा अन्तरािष्ट्रय विमानस्थललाई अप्ठेरो परेपछि सार्न लागिएको हो । पुरा पढौ

फेवाताल सहित कास्कीका तालहरुको मापदण्ड निधारण, (कुनको कति सहित )

पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले फेवाताल सहित ९ वटै तालको मादण्ड तोकेको छ । फेवातालको मापदण्ड ३० मिटर कायम तोकेको छ । सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो । यसअघि ६५ मिटर मापदण्ड तोक्न सिफारीस भएपनि त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको… पुरा पढौ

पोखराको सभागृहचोकमा दुर्घटना, कलेज हिडेकी विद्याथीको मृत्यु

दुर्घटना
पोखरा, १७ चैत/ पोखराको सभागृहचोकमा दुर्घटना हुदाँ एक छात्राको मृत्यु भएको छ । बुधबार बिहान मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार १८ बर्षिय अञ्जना पाइजाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ना ६ प ४७२५ नम्बरको ट्रकले ग१६प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत अञ्जना पाइजालाई ठक्कर दिउको थियो । ट्रकको चक्काले पाइजालाई घिसारे पर सम्म पु¥याएको थियो । घाइता पाइजालाइृ उपचारका लागि गण्डकी मेडिकल कलेज… पुरा पढौ

पोखरामा वायु प्रदूषण उच्च, पोखरामा वर्षा

पोखरा, १६ चैत/ पोखरामा शुक्रबार देखि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन छिचोलन सकेको छैन । सफा र स्वच्छ सहरका रुपमा चिनिदै आएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ । अघिल्लो वर्ष पनि यही समयमा पोखरामा वायु प्रदूषण देखीएको थियो । जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण राखेको छ । पोखरा रत्नचोक, लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल छ । पोखराको… पुरा पढौ

१४ बुदेँ पोखरा घोषणपत्र जारी गर्दै न्यायिक सम्मेलन सम्पन्न

पोखरा, १५ चैत/ पोखरामा भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलन १४ बुदेँ पोखरा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना भएको सम्मेलनमा देशभरका पालिकाका न्यायिक समिति संयोजक र सदस्यहरु पोखरामा भेला भएर स्थानीय तहका न्यायिक समितिले गरेका असल अभ्यास र चुनौतीहरु बारे छलफल गरे । घोषणापत्रमा न्यायिक समितिलाई प्रदत्त अधिकार प्रयोगको शुरुवाती अवस्था, कार्यान्वयनमा लैजान आवश्यक कार्यविधिगत कानूनको कमी र दक्ष जनशक्तिको लागि उद्देश्यले न्यायिक समितिको काम कारवाहीलाई प्रभावकारी बनाउन कानून अधिकृत वा सो सरहको स्थायी… पुरा पढौ

न्यायिक समिति लोकतन्त्र र सभ्याताको बाहक– राष्ट्रिपति भण्डारी

पोखरा, १४ चैत/ राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको बाहक भएको बताएकी छन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको उल्लेख गरीन् । उनले पहिले पहिले कचहरीहरुले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको बताइन् । राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिवाना गर्ने कुरा ठुलो भएको भन्दै यसमा गाम्भीर्यता जरुरी रहेको बताईन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको… पुरा पढौ