दुर्घटना
पोखरा, ३० बैशाख/ स्याङ्जा वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
३२ जना सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार कार्य जारी । मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो । घाइतेहरुलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलद्वारा जानकारी । थप विवरण आउन बाकी छ ।