समाचार

अटेरी उम्मेदवारको चुनाव चिन्ह लौरो

अटेरी उम्मेदवारको चुनाव चिन्ह लौरो
पोखरा, १७ बैशाख / पोखराबाट अटेरी अभियान चलाएर उम्मेदवारी दिएकालाई चुनाव चिन्ह लौरो दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अटेरी उम्मेदवारलाई चुनाव चिन्ह लौरी दिएको हो । पोखरामा महानगर प्रमुख सहित १५ जना अटेरी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन । लौरो चिन्ह लगभग देशैभरमा अटेरीलाई दिएको पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिए । पुरा पढौ

पोखरामा ५ मेयरका उमेद्वार सहित ११९ जनाको उमेद्वारी फिर्ता

पोखरा महानगरपालिका
पोखरा, १७ वैशाख/ पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वार सहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन् । नेपाली काग्रेसका बागी उमेद्वारी दिएका दुई जना नन्द प्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानिया, राप्रपा नेपालका गोविन्द गुरुङले उमेद्वारी फिता लिएका छन् । त्यसै गरी उमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका… पुरा पढौ

पोखरा महानगर पाँचदलीय गठबन्धनको घोषणापत्र फेवा टु बेगनास मेट्रो रेल

पोखरा महानगर पाँचदलीय गठबन्धनको घोषणापत्र फेवा टु बेगनास मेट्रो रेल
पोखरा, १६ बैशाख/ कास्कीका पाँचदलीय गठबन्धनले बिहीबार पोखरामा घोषणापत्र सार्वजनिक गर्दै फेवा टु बेगनास मेट्रो चलाउने उल्लेख गरेको छन् । पाँचदलीय गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले फेवा टु बेगनास लेक १० किलोमिटर दुरी रहेको र मेट्रो चलाउन सम्भव रहेको बताए । उनले मेट्रो चलाउन आवश्यक पैसा नभए पिपिए मोडलमा भए पनि निमार्ण गर्न सकिने उल्लेख गरे । त्यसै गरी घोषणा पत्रमा झण्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडको योजनालाई पनि प्राथमिकतामा राखिएको छ । रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले… पुरा पढौ

कास्कीकोट युवा सञ्जालले उम्मेदवारसगँ प्रतिबद्धता कार्यक्रम गर्ने

पोखरा, १५ बैशाख/ हाम्रो कास्कीकोट युवा सञ्जालले मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रम संचालन गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटलाई केन्द्र बनाएर स्थापित भएको हाम्रो कास्कीकोट युवा सञ्जाल कास्कीकोटको सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यटकीय विकासमा क्रियाशील संस्थाले बैशाख ३० गते सम्पन्न हुने स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि उम्मेदवारी दिने वडा र महानगरपालिकाका उम्मेदवारहरुको प्रस्तुती रहने गरि “मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रमको आयोजना गर्न लागेको संञ्जाललका संयोजक शितल गिरीले जानकारी दिनु भयो । आगामी… पुरा पढौ

कांग्रेस गण्डकीको कार्यालय तोडफोड

पोखरा, १५ बैशाख/ नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिकामा ३ तेर्सापट्टिस्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् । कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए । पोखरा सबै वडामा उमेद्वारी दिएको काग्रेसले फेरी गठबन्ध गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकताहरु आन्दोलनमा उत्रीएका थिए । बाँडफाँडका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोशित कांग्रेस कार्यकर्ता नाराबाजी… पुरा पढौ

पोखरामा १ लाख २४ हजार सहित जुवा खेल्ने ९ जना पक्राउ

जुवा तास
पोखरा, १४ बैशाख/ कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट जुवा तास खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैया सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट… पुरा पढौ

पोखरामा सवारी दुर्घटना पछि कुटपिट गर्ने एक जना पक्राउ

पोखरामा सवारी दुर्घटना पछि कुटपिट गर्ने एक जना पक्राउ
पोखरा, १३ बैशाख/ कास्की प्रहरीले सवारी दुर्घटना भएपछि कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा बैशाख १० गते दुर्घटना भएको थियो । मोटरसाइकल र टिप्पर ठोकिए पछि मोटर साइकल चालकले टिप्पर चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले मोटरसाईकल चालक म्याग्दी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ४३ को मिन बहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिसपी सुन्दर तिवारीले जानकारी… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख संकलन

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा १२, वैशाख/ पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको नवौं दिन (सोमबार) मात्र करिब १ करोड २३ लाख रुपैया संकलन भएको बरालले बताए । महायज्ञमा काठमाण्डौं निवासी रविन पुरीबाट २५ लाख १ हजार १ रुपैया प्राप्त भएको छ । रानिवन राष्ट्रिय प्रा.लि.का विजय… पुरा पढौ

एमालेले पोखराको मेयर फेरेर कृष्ण थापालाई उम्मेदवारी, उपमेयरमा मञ्जुदेवी गुरुङ

कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, १२ वैशाख/ पार्टीबाट विरोधका स्वर सुनिएपछि नेकपा एमालेले पोखराको मेयर उम्मेदवार फेरबदल गरेको छ । एमाले सचिवालय बैठकले यसअघि दीपक पौडेललाई मेयर टुंगो लगाएकोमा त्यसको दुई दिन पछि कृष्ण थापालाई उम्मेदवार बनाएका छ । गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर थिए । यसअघि सचिवालय बैठकले प्रदेश सांसदलाई टिकट नदिने निर्णय गरे पनि दीपक पौडेलमाथि सुन चोरीको काण्डमा विवादित बनेपछि पार्टी पंक्तिबाटै विरोध सुरु भएको थियो । यस्तै उपमेयर दोहोरिएकी मञ्जुदेवी गुरुङले आफू मेयरको पनि… पुरा पढौ

कास्कीका ४ गाउँपालिका कांग्रेसलाई

गण्डकी प्रदेश
पोखरा, ११ बैशाख/ सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ । आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् । जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिए आई मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । पुरा पढौ