समाचार

पोखराको एक घरबाट ५ तोला सुन चोरी

चोरी
पोखरा, २८ चैत/ पोखरा महानगरपालिका १७ को एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ । पोखरा महानगरपालिका–१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला बराबरका सुनका विभिन्न गरगहना चोरी भएको हो । चोरीमा संगलनको खोजि गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । पोखरा १७ मा दशै तिहारका बेलामा करिब २२ तोला सुन चोरी भएको थियो । केही दिन अगाडी अन्नपुर्ण गाउँपालिकाका विभिन्न ठाउँमा चोरी भएको थियो । पुरा पढौ

बैशाख १ गतेदेखि ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

बैशाख १ गतेदेखि ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’
पोखरा, २८ चैत्र/ पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौरे देउरालीमा हुने सम्मेलनको तयारी पुरा भएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ । शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि वढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।… पुरा पढौ

भोलि सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २८ चैत/ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिना उपासेर मनाइन्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । पुरा पढौ

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना, एक जनाको मृत्यु

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना, एक जनाको मृत्यु
पोखरा, २८ चैत/ अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा भएको स्कार्पियो गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सुपा देउराली दर्शन गरि पोखरा आउदै गरेको ग ३ च ४५७४ नम्बरको गाडी घुम्ती दुर्घटना हुदा भुमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ बर्षिय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतिति सिंह राठोरले बताए । दुर्घटनामा भुमिकास्थान नगरपालिका ८ किमडाडाका ३४ बर्षिय इश्वरी क्षेत्री, ३० बर्षिय सम्झना क्षेत्री, २ बर्षिय इभान्सी क्षेत्री, पोखरा उपमहानगर पालिका… पुरा पढौ

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना
पोखरा, २८ चैत/ अर्घाखाँची पाणीनीमा ग ३ च ४५७४ नम्बरको कार दुर्घटनामा परेको छ । बिहान ९ः३० बजे अर्घाखाँची पाल्पा हुँदै पोखारा आउने क्रममा पाणिनि ८ पाली कोलडाँडामा दुर्घटना भएको हो । सडक देखि करिब १५० मिटर तल खस्दा गाडिमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जना बच्चा सहित ३ जनाको अबस्था गम्भिर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्क उचार भईरहेको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भइरहेको छ… पुरा पढौ

पोखरामा सावर बन्जी सञ्चालनमा

पोखरामा सावर बन्जी सञ्चालनमा
पोखरा, २८ चैत/ पोखरामा साहसिक खेल सेवा प्रदायक कम्पनी हाइग्राउण्ड एड्भेन्चरले सावर बन्जी सञ्चालनमा ल्याएको छ । पोखरा २५ हेम्जामा बन्जी, जिपलाइन, स्वइङ लगाएतका विभिन्न खेल सेवा दिंदै आएको कम्पनीले करिब ५० लाख रुपैयाँको थप लगानीमा सावर बञ्जी संचालनमा ल्याएको हो । नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्न गरेको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले जानकारी दिए । उनले सावर बञ्जी पर्यटकलाई रमाईलो प्रडक्ट हुने बताए । सावर बञ्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने… पुरा पढौ

पोखरामा जैविक कृषि विविधता अन्र्तराष्ट्रिय सम्मेलन शुरु, ३२ देशका करिब दुई सय सहभागि

पोखरामा जैविक कृषि विविधता अन्र्तराष्ट्रिय सम्मेलन शुरु, ३२ देशका करिब दुई सय सहभागि
पोखरा, २७ चैत/ पोखरामा कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनमा ३२ देशका झण्डै दुई सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने, वन क्षेत्रमा काम संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ । उद्घाटन शत्रको अध्यक्षता गरेका वन तथा वातावरण मन्त्री नवलकिशोर शाहले कृषि जैविक विविधता सहित उत्पादन बृद्धि गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षणको जिम्मेवारी किसान… पुरा पढौ

आलु महोत्सवमा बढ्दो सहभागिता

आलु महोत्सवमा बढ्दो सहभागिता
पोखरा, २७ चैत/ १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा… पुरा पढौ

पोखरामा बजार अनुगमन म्यादः इमान ट्रेडर्सलाई एक लाख जरिवाना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २७ चैत/ पोखरामा बजार अनुगमन गर्दा म्याद गुज्रेका सामान विक्री गरेको पाएपछि एक लाख जरिवाना तोकेको छ । पोखरा १६ लामाचौरमा रहेको इमान ट्रेडर्सले म्याद गुज्रेका सामान विक्री वितरण गरेको पाइएपछि एक लाख रुपैयाँ जरिवाना तिराइएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको अगुवाईमा भएको अनुगमनमा म्याद गुज्रेका पेय पदार्थ बजार पठाएको पाइएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मीले जानकारी दिए । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको वितरक रहेको… पुरा पढौ

कास्कीका तीन पालिकामा मंगलबार ट्होटेँको बिदा

पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व तस्बिरः सञ्जय शाक्य
पोखरा, २६ चैत/ कास्कीका तीन स्थानीय तहले तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका छन् । गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘टहो’ भनेको धपाउने… पुरा पढौ