समाचार

पोखरामा ई–ड्राइभको सेवा सञ्चालन हुने, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरामा ई–ड्राइभको सेवा सञ्चालन हुने, आफ्नै विद्युतीय सवारी चलाउने
पोखरा, १५ असार/ प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।… पुरा पढौ

डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए

डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए
पोखरा, १३ असार/ पोखरा ७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् । छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी (मालेपाटन) र सृष्टिना पौडेल (मासबार) को ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल नरेश बरालले बताए । २०७८ सालमा डिज्नील्याण्डकी ऋतिका पोखरेलले ४ जिपिए ल्याएकी थिइन् । पोखरा ७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीबाट यसपालि २९ जना विद्यार्थीले एसइई दिएका थिए । पुरा पढौ

१९ औ पोखरा रोपाई महोत्सव फेवाफाँटमा, तयारी अन्तिम चरणमा

१९ औ पोखरा रोपाई महोत्सव फेवाफाँटमा, तयारी अन्तिम चरणमा
पोखरा, १२ असार/ पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको १९ औं रोपाई महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पोखरा २३ मार्कीमा हुन लागेको हो । महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौड सहित मनोरञ्जन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको सहभागिता रहने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रोपाइ महोत्सवमा करिब १० हजार भन्दा बढी… पुरा पढौ

लमजुङ र कैलालीमा चट्याङ लागेर ३ जनाको मृत्यु, ६ जना घाइते

चट्याङ
पोखरा, १२ असार/ लमजुङ र कैलालीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताए । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको छ । त्यसै गरी… पुरा पढौ

पोखराको विजयपुरमा पहिरो पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

पोखराको विजयपुरमा पहिरो पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा
पोखरा, १२ असार/ मंगलबार राति देखि सुरु भएको वर्षाले पोखराका विभिन्न ठाउँमा क्षतीपु¥याएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी एकतर्फि भएका छन् । पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा लामो लाइनमा छन् । बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली र पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोलीले लागेको छ । सडकको दायाँ साईड करिब ५ मिटर लम्बाई, १ दशमलव ५ मिटर चौडाई सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले… पुरा पढौ

कास्कीमा पहिरोले २ जनाको मृत्यु, कतै डुवान कतै सडक भासियो

पोखरा, १२ असार/ कास्कीमा राती देखी परेको लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ । यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ । अहिले पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह समेत गरेको छ । त्यसै गरी पोखरा ७ गैरीखेतमा दर्जन बढि घर डुवानमा परेका… पुरा पढौ

कास्कीमा पहिरोले २ जनाको मृत्यु

पहिरो
पोखरा, १२ असार/ कास्कीमा राती देखी परेको लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ । यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ । अहिले पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह समेत गरेको छ । त्यसै गरी पोखरा ७ गैरीखेतमा दर्जन बढि घर डुवानमा परेका… पुरा पढौ

कर्जामा सहुलियत दिन गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता

कर्जामा सहुलियत दिन गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता
पोखरा, १० असार / गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध… पुरा पढौ

पोखरामा अनुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा
पोखरा, १० असार नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ नै उहाँको सफलता र अनुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य एवम् हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी… पुरा पढौ

पोखराको नीति कार्यक्रमः घरबाटै राजश्व दाखिला, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गर्ने

पोखराको नीति कार्यक्रमः घरबाटै राजश्व दाखिला, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गर्ने
पोखरा, ९ असार/ पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ।व २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने… पुरा पढौ