
चोरी
पोखरा, २१ असार/ पोखरा महानगरपालिकामा बिहीबार बिहान चोरी भएको छ । पोखरा महानगरपालिका–१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट चोरी भएको हो ।
चोरले घरको ढोकाको ताला फोडेर ५ तोला सुनका गरगहरा र नगद २० हजार रुपैयाँ, १ वटा मोतीको हार र साढे १ तोला बराबरको चाँदीका गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी र अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।





