भारी वर्षा- पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८१ मा प्रकाशित


स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध

वर्षा

पोखरा, २२ असार/ गए रातिबाट अबिरल बर्षासँगै सगँ कास्की, स्याङ्जा सहितका जिल्लाहरुमा खोला नाला बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो गएको छ ।

वर्षाका कारण पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीतिर सबै खोला बढेका र ठाउँठाउँमा सडक अवरुद्ध भएका कारण यात्रामा ननिस्किनु सर्व साधारण अनुरोध गरेका छन् ।

सामाजकि सञ्जाल फेसबुक मार्फत सर्वसाधारणले वर्षाले ठाउँ ठाउँमा सडक अवरुद्ध भएका तस्बिर राख्दै त्यस्तो अनुरोध गरेका हुन् ।

त्यसै गरी अबिरल बर्षासँगै राति गएको पहिरोको कारण भञ्ज्याङ बाहुं बिरुवा सडकको सानाबाङ सडक खण्डमा ठूला रुखहरू ढलेको कारण बाटो अबरुद्ध भएको छ।

अबिरल वर्षाका कारण खोला नालाहरु ह्वात्तै बढेका छन्। ज्याग्दी खोला को चिन्नेबास क्षेत्रमा बाढीले खेत कटान गरेर ठूलो क्षति पुगेको छ ।



Tags: