पोखरा लामाचौरमा जमिन भासिदा घर भत्कियो

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८१ मा प्रकाशित


पोखरा लामाचौरमा भासिदा घर भत्कियो तस्बिरः सामाजिक सञ्जालबाट

पोखरा, २२ असार/ पोखरा लामाचौर जमिन भासिदा घर भत्किएको छ । लामाचौर स्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको हो ।

वर्षाका कारण नालीको पानीले भवनको भान्सातिरको भाग भासिएको हो । लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले सञ्चालन गरेको ब्लकले बनेको टिनले छाएको १ तले होस्टल भवन भासिएको प्रहरीले जानकारी दिएको छ ।

होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेको प्रहरीको भनाई छ । भान्साघर खाली गरेको भासिएको ठाउँमा माटोले पुरेको प्रहरीको भनाई छ ।