समाचार

पोखरालाई हरित सहर बनाउन २ लाख २६ हजार बिरुवा रोपिने

पोखरालाई हरित सहर बनाउन २ लाख २६ हजार बिरुवा रोपिने
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो । प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि।मी सडक तथा राजमार्ग, झन्डै ६९ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ । सहरी वन विकास… पुरा पढौ

पोखरा २० मा कुटाकुट, वडा कार्यालय कहाँ राख्ने विषयमा विवाद

वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुट्टाकुट कुटाकुट
पोखरा, २१ जेठ/ वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुटाकुट भएको छ । सोमबार दिऊसो पोखरा २० मौजा र पोखरा २० भलामका बासीन्दा बिच कुटाकुट भएको हो । भलाममा महानगरले विवाद भएपछि वडा कार्यालयका भवन बनाउन तत्काल शुरु नगर्न निर्देशन दिएको थियो । तर भलाममा भवन बनाउने काम अगाडी बढेपछि मौजा बासी दिऊसो रोक्न आएका थिए । पहिलो वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई स्थानीयले रोकेका थिए । त्यसपछि उनी भवन बनाउन ठाउँमा पुगेका थिए । त्यहाँ… पुरा पढौ

पोखरामा टिप्पर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २१ जेठ/ पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको भने एक जना घाइते छन् । पोखरा १३ गौडाको मुखमा ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा १४ चाउथेका २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएका थिए । घाइते रिमालको गण्डकी मेडिकल… पुरा पढौ

गृहमन्त्री रवि लामिछाने विरुद्ध कास्कीमा परेको जाहेरी सर्वोच्चले मगायो

रवि लामिछाने
पोखरा, २० जेठ/ सहकारी ठगीका सम्बन्धमा गृहमन्त्री रवि लामिछाने विरुद्ध कास्की जिल्ला प्रहरीमा रहेको अभियोग पत्र र जाहेरीसहित इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले पोखराको सूर्यदर्शन सहकारी, पोखरा उपमहानगरपालिकाले गरेको अध्ययन प्रतिवेदन र कास्कीमै दर्ता भएको उनी विरुद्धको जाहेरी समेत लिएर अर्को बहसमा उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चले सो मुद्दालाई छिटो किनारा गर्नुपर्ने भन्दै अग्राधिकार पनि प्रदान गरेको छ । इजलासले मुद्दालाई गम्भीर रूपमा लिँदै अर्को सुनुवाइको मिति पनि तोकेको छ… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीको साधारणसभाः पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

चलचित्र पत्रकार संघ कास्कीको साधारणसभाः पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित
पोखरा, १९ जेठ / पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा… पुरा पढौ

पोखरा महानगर युवा परिषद्ले युवालाई सामाजिक सञ्जाल प्रयोग बारे सचेतना

पोखरा महानगर युवा परिषद्ले युवालाई सामाजिक सञ्जाल प्रयोग बारे सचेतना
पोखरा, १९ जेठ / पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने… पुरा पढौ

एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने

एसइई
पोखरा, १८ जेठ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम भईरहेको जनाएको छ । अहिलेको कामको गति हेर्दा असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । पुरा पढौ

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी, वडा नं. २६ बाट वडा रत्न घोषणा

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी, वडा नं. २६ बाट वडा रत्न घोषणा
पोखरा, १८ जेठ/ सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो । बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो । स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र… पुरा पढौ

सगरमाथा आरोही बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि

सगरमाथा आरोही बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि
पोखरा, १८ जेठ/ सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएका पोखराका पर्यटन व्यवसायी बिनोदबाबु बस्ताकोटीको पोखरामा शवयात्रा सहित अन्त्येष्टि भएको छ । पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले जेठ ९ गते बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । तर उनको खुसी धेरैबेर टिकेन । आरोहणबाट फर्किने क्रममा सोही दिन साँझ चौथो शिविरमाथि (करिब ८२५० मिटर उचाइ) आइपुग्दा उनी बेपत्ता भएका थिए । उनको शव जेठ ११ गते फेला पारी हेलिकोप्टरमार्पmत काठमाडौ ल्याएको थियो ।उनका शुक्रबार… पुरा पढौ

हावाहुरीले कास्कीको रुपा गाउँपालिकाका १४ घरमा क्षति

हावाहुरीले टिन उडाए पछिः तस्बिर प्रकाश खनालको फेसबुकबाट
पोखरा, १८ जेठ/ कास्कीको रुपा गाउँपालिकामा बिहीबार साँझ आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ । हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका– १ र २ वडाका स्थानीयको घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको छ । हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात, लत्ताकपडा पानीले भिजेका छन् । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानी स्थित कोट मन्दिरको छानो समेत उडाएको… पुरा पढौ