पोखरामा नाबालिकालाई बन्धक बनाएर जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार २४ गते २०८१ मा प्रकाशित


पोखरामा नाबालिकालाई बन्धक बनाएर जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

पोखरामा नाबालिकालाई बन्धक बनाएर जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

पोखरा, २३ असार/ पोखरामा १३ वर्षकी १ नाबालिकालाई जबरजस्ती करणी भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ रानीपौवामा घटना भएको हो । नाबालिकालाई तनहुँबाट अपहरण गरी जबर्जस्ती करणी गरेको अभियोग छ ।

पक्राउ पर्नेमा धनुषा क्षिरेश्वर गाउँपालिका घर भई हाल पोखरा–११ बस्ने २१ वर्षीय अरुणकुमार दास र भारतको बिहार प्रदेश सीतामणि स्थायी घर भई पोखरा–११ बस्ने १९ वर्षीय सुनील दास छन् ।

असार १७ गते सोमबार बिहान ११ बजे २ युवाले नाबालिकालाई तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुबाट ललाईफकाई, छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग८प ४२८० नम्बरको मोटरसाइकलको बिचमा राखी पोखरा ल्याएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुले त्यस दिन रानीपौवास्थित कोठामा बन्धक बनाएर राखेको र सोही दिन राति १ः३० बजे ती नाबालिकामाथि पालैपालो जबरजस्ती करणी गरे अनुसन्धानबाट खुलेको शर्माले बताए ।

बालिकालाई तनहुँतर्फ लैजाने क्रममा पोखरा–३०, पावरहाउस स्थित पृथ्वीराजमार्गबाट उनीहरु पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका दुवैबिरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए । बालिकालाई उनकै बाबुको जिम्मा लगाइएको शर्माले बताए ।