पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार २६ गते २०८१ मा प्रकाशित


पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा थप २ जना पक्राउ

पोखराको विन्ध्यवासिनी सहकारी ठगी आरोपमा थप २ जना पक्राउ

पोखरा, २५ असार/ पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड स्थित विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था रकम हिनामिना आरोपमा दुई जना पक्राउ परेका छन् ।

सहकारीका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।

विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व संचालक समितिका सचिव पोखरा १७ बिरौटाका ४६ का किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक ४५ बर्षीय बुद्दी सागर ढकाल कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ ।



Tags: