पोखरामा चितुवाको आक्रमणबाट प्रहरी घाईते

-


     क्लिक गण्डकी     
     असार २४ गते २०८१ मा प्रकाशित


चितुवा

चितुवा फाइल तस्बिर

पोखरा, २३ असार/ पोखरा महानगरपालिका १७ छोरेपाटनमा चितुवाको आक्रमणबाट प्रहरी घाईते भएका छन् ।

श्याम बास्तोलाको बारीमा चितुवा आएको भन्ने खबर पाएपछि प्रहरी टोली खटिई गई चितुवा धपाउने क्रममा प्रहरीलाई आक्रमण गरेको हो ।

स्याङ्जा आँधीखोला गाउँपालिका घर भइ हाल प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ बर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारीलाई चितुवाको नङ्ग्राले कम्मरमा चिथारी घाईते बनाएको हो । उनको अवस्था सामान्य रहेको छ ।



Tags: