पोखरामा सेती नदी बढेपछि ५ परिवारलाई सारियो

-


     क्लिक गण्डकी     
     असार २४ गते २०८१ मा प्रकाशित


पोखरामा सेती नदी बढेपछि ५ परिवारलाई सारियो

पोखरामा सेती नदी बढेपछि ५ परिवारलाई सारियो

पोखरा, २३ असार/ वर्षाका कारण पोखराको सेती नदीमा बहाव बढेको छ । नदीमा बहाव बढेपछि किनारका ५ परिवार विस्थापित भएका छन् ।

पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । विस्थापित सबै जनालाई गोस्ते टोल विकास संस्थाको भवनमा राखिएको छ ।

विस्थापित हुनेहरूमा स्थानीय विष्णुमाया सुनुवारको ५ जनाको परिवार, डोल्मा शेर्पाको ७ जनाको परिवार, सुकदेव गुरुङको ४ जनाको परिवार, डावा शेर्पाको ४ जनाको परिवार र काजी शेर्पाको ३ जनाको परिवार छन् ।

त्यसै गरी पोखरा महानगरपालिका वडा नम्बर ३२ डाँडागाँउ स्थित राजन बिकको घर भत्किएको छ । १ तले कच्ची घरको माथिबाट पहिरो खसेर घर संग जोडिएको भान्सा कोठा भत्किएको ।