पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे खण्ड साउन ९ गते सम्म राति बन्द रहने

-


     क्लिक गण्डकी     
     असार २६ गते २०८१ मा प्रकाशित


पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे खण्ड साउन ९ गते सम्म राति बन्द रहने

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे खण्ड साउन ९ गते सम्म राति बन्द रहने

पोखरा, २५ असार/ पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मलेखु सडक खण्डमा साउन ९ गते सम्म रातिमा बन्द रहने भएको छ ।

सडक विभाग नागढुंगा – मुग्लिङ सडक योजना (पुर्वी खण्ड) विज्ञप्ती जारी गर्दै नौबिसे मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे – खोला र पोखरे खोला पुलहरुको काम गर्नका लागि सडक बन्न गर्न लागेको जनाएको छ ।

सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत वाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उल्लेखित स्थानहरुमा पुल प्रयोजनार्थ असार २६ देखि साउन ९ गतेसम्म बन्द हुनेछ ।

वेलुका १०.०० बजे देखि विहान ३.०० बजेसम्म सम्पुर्ण सवारी साधनहरुलाई (एम्वुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक) पूर्ण रुपमा रोकिने जनाएको छ ।

सम्पूर्ण सवारी चालकहरुले आफ्नो लेन अनुशासन कायम राख्नु हुन तथा जथाभावी ओभरटेक नगर्नु हुन समेत अनुरोध गरेको छ । साथै बैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।