तनहुँ

तनहुँमा दुई बस ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते

तनहुँमा दुई बस ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते
तनहुँ, ३ मंसिर/ तनहुँको बन्दिपुरमा दुई यात्रुबहाक बस ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् । आइतबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् । गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस ठोक्किएका हुन् । जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको दिएको छ । दुर्घटना दुई बसका… पुरा पढौ

तनहुँमा माइक्रोको ठक्करबाट गोरखा घर भएका प्रहरी हवल्दारको मृत्यु

दुर्घटना
तनहुँ, २८ असोज/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार माइक्रोबसले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको हो । गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको माइक्रोले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरा पढौ

गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

गगनगौंडा गढीस्थित पशुुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
पोखरा, १५ असोज/ पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिर परिसरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । शुक्ला गण्डकी नदीको किनारास्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३२ र ३३ को संगमस्थल जस्तै बनेको मन्दिरलाई धार्मिक आस्था र विश्वासको गन्तव्यका रुपमा विकास गर्ने पशुपतिनाथ मन्दिर संरक्षण समितिको दीर्घकालीन लक्ष्य रहेको आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिनुभयो । धार्मिक एवम् सामाजिक व्यक्तित्व सीता थापाको पहलमा २०७२ साल मंसिर २४ गते समाजसेवी तीर्थ जंगलीले शिलान्यास… पुरा पढौ

तनहुँ बस दुर्घटनाः २७ जनाको मृत्यु, पोष्टमार्टका लागि पोखरा ल्याउने, घाइते काठमाडौं

तनहुँ बस दुर्घटनाः २७ जनाको मृत्यु, पोष्टमार्टका लागि पोखरा ल्याउने, घाइते काठमाडौं
पोखरा, ७ भदौ/ तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहारा नजिकै भएको बस दुर्घटनामा २७ जना भारतीय पर्यटकको मृत्यु भएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरा नजिकबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको र पोष्टमार्टका लागि पोखरा ल्याउने प्रहरीले जानकारी दिएको छ । बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट… पुरा पढौ

तनहुँको घाँसीकुवामा ठुलो पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको घाँसीकुवामा ठुलो पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध तस्बिरः उज्वल पौडेलको फेसबुकबाट
तनहुँ, ५ भदौ/ तनहुँको घाँसीकुवामा ठुलो पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को सहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले घर र विजुलीको खम्बा सहित सडकमा आएको छ । पहिरो पन्छाउने प्यास भैरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

तनहुँमा बस दुर्घटना

दुर्घटना
तनहुँ, २६ साउन/ पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहान देखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए । लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४… पुरा पढौ

तनहुँका थापा अमेरिकी ‘फेबरेट सेफ’ उत्कृष्ट तीनमा, भोटिङका लागि गरे आग्रह

अर्जुनबहादुर थापा
पोखरा, ९ असार / तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङका अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल भएका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रबार छनोट भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा छन् । प्रतियोगितामा विजेतालाई २५ हजार डलर नेपाली करिब २७ लाख नेपाली रुपियाँका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका… पुरा पढौ

तनहुँ व्यासको मतगणना विवाद सर्वोच्च पुग्यो

मतगणना
पोखरा, २४ जेठ/ तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग गरेका छन् । गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको… पुरा पढौ

तनहुँको दमौली बजारमा आगलागी, २० सटर जले

आगोलागि
तनहुँ, ७ जेठ/ तनहुँको व्यास नगरपालिका–३, दमौली बजारमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । आगोलाई ३ घण्टाको प्रयासपछि पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ । ३ घण्टाको प्रयास पछि नियन्त्रणमा लिए आगलागीका कारण… पुरा पढौ

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाैडी डुवेर
तनहुँ, ५ जेठ/ तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई जना मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।छ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ