
पाैडी डुवेर
तनहुँ, ५ जेठ/ तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई जना मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
छ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।





