तनहुँ

तनहुँंको शुक्लागण्डकी तीन जना हत्याकाण्डः एक जना पक्राउ

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर
तनहुँ, २९ पुस/ तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटमा तीन जनाको हत्याकाण्डमा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका युवकले हत्या स्वीकार गरेको बताएको छ । अहिले अनुसन्धान चलिरहेको र बुधबार अनुसन्धान सकाएर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बुधबार जिल्ला अदालत तनहुँबाट म्याद थपलगत्तै सार्वजनिक गर्ने प्रहरीको तयारी छ । हत्याको स्वीकार गर्ने स्थानीय युवक हुन् । उनी बेलाबखत फोहोरमैला प्रशोधन केन्द्र आसपास जाने गरेका थिए । मृतकसँगै बसेर खाने पिउने व्यक्ती रहेको रहेको… पुरा पढौ

एक साता देखी बेपत्ता पौडेल मृत फेला

तनहुँ, २० पुस/ तनहुँको भानु नगरपालिका ५ बारीफाँट निवासी एक महिला मृत फेला परेकी छन् । एक साता देखी हराएकी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिएकी हुन्। पौडेल शनिबार मस्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

तनहुँमा बस र स्कुटर ठोक्किँदा स्याङ्जाका थापाको मृत्यु

दुर्घटना
तनहुँ, २८ मंसिर/ तनहुँमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६, मौरीभीरस्थित सडकमा ग१ख ९४०६ नम्बरको बस र गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आइतबार दिउँसो ठोक्किएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–७, भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पुरा पढौ

तनहुँको डुम्रेमा बस र माइक्रोबस ठोक्कियो

दुर्घटना
तनहुँ, २९ साउन/ तनहुँको डुम्रेमा बस र माइक्रोबस ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस काठमाडौंबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको हो । पुरा पढौ

तनहुँको ऐनापहरा दुर्घटना, दुई जना चितवन रिफर

तनहुँको ऐनापहरा दुर्घटना, दुई जना चितवन रिफर
तनहुँ, १७ साउन/ तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी किनारमा खसेको बसमा थप यात्रु नभएको प्रहरीले बताएको छ । क्रेन लगाएर दबेको बस निकालर हेर्दा थप यात्रु नभेटिएको प्रहरीले जनाएको हो । ५ जना घाइते मध्ये दुई जनालाई चितवन रिफर गरिएको छ भने अन्य घाइतेको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भएको छ । गोरखा चितवन चल्ने बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरामा दिउँसो दुर्घटनामा परेको थियो । ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । बस रोकेर केही यात्रु ऐना… पुरा पढौ

दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

दुर्घटना
तनहुँ, ११ जेठ/ तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप तीन जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे जिप पुलबाट खसेर दुर्घटनामा परेको हो । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्… पुरा पढौ

पोखराबाट जादै गरेको बस तनहुँको म्याग्देमा दुर्घटना

दुर्घटना
पोखरा, ६ जेठ/ पोखराबाट जादै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देमा दुर्घटना भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो साढे २ बजे म्याग्दे गाउँपालिका वडा ४, घुम्तीबाट करिब २० मिटर तल खसेर छ । दुर्घटनामा अधिकांशको अवस्था सामान्य तथा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेमध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा, ७ जनाको दमौलीको रत्नहरि अस्पताल र बाँकी ३ जनाको… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा
पोखरा २८ बैशाख / पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए । पयर्टन ब्यवसायी तथा स्थानिय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह््य पर्यटकका… पुरा पढौ

तनहुँमा टिपरले दुई सवारीलाई ठक्कर दिदा पोखराकी अप्सराको मृत्यु, दुई घाइते

दुर्घटना
पोखरा, २१ माघ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जादै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका… पुरा पढौ

तनहुँमा ट्रक र स्करपियो ठोकिदा २ जनाको मृत्यु

तनहुँमा ट्रक स्करपियो ठोकिदा २ जनाको मृत्यु
पोखरा, ९ पुस/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा बिहान इँटा बोकेको ट्रक र स्करपियो ठोकिदा दुई जनाको मृत्यु भएको छ । ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर छ ।… पुरा पढौ