तनहुँंको शुक्लागण्डकी तीन जना हत्याकाण्डः एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०८२ मा प्रकाशित


तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

तनहुँ, २९ पुस/ तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटमा तीन जनाको हत्याकाण्डमा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका युवकले हत्या स्वीकार गरेको बताएको छ ।

अहिले अनुसन्धान चलिरहेको र बुधबार अनुसन्धान सकाएर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बुधबार जिल्ला अदालत तनहुँबाट म्याद थपलगत्तै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

हत्याको स्वीकार गर्ने स्थानीय युवक हुन् । उनी बेलाबखत फोहोरमैला प्रशोधन केन्द्र आसपास जाने गरेका थिए । मृतकसँगै बसेर खाने पिउने व्यक्ती रहेको रहेको प्रहरीको भनाई छ ।