
दुर्घटना
पोखरा, ६ जेठ/ पोखराबाट जादै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देमा दुर्घटना भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो साढे २ बजे म्याग्दे गाउँपालिका वडा ४, घुम्तीबाट करिब २० मिटर तल खसेर छ ।
दुर्घटनामा अधिकांशको अवस्था सामान्य तथा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाइतेमध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा, ७ जनाको दमौलीको रत्नहरि अस्पताल र बाँकी ३ जनाको म्याग्दे पोलिक्लीनिक अस्पताल थर्पुमा उपचारपछि थप उपचारार्थ पोखरा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।





