तनहुँ

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु
पोखरा, २ बैशाख/ आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बिष्णु ढकालले जानकारी दिए । ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप लगानी गरी जलाशय किनारमा ुबिच रेस्टुरेन्टु, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना रहेको उनको भनाई छ । ठूलो मोटरबोट उत्पादक… पुरा पढौ

तनहुँमा मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना
तनहुँ, १५ माघ/ तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् । आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशा तर्फ जादै गरेको प्र.३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागि आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागि पुरानो… पुरा पढौ

तनहुँमा महिलालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ

तनहुँ, १४ माघ/ तनहुँकी ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पुरा पढौ

मुग्लिन–पोखरा सडकः नौ किलोमिटर एकतर्फी कालोपत्र, पहिलो भन्दा बाटो सुधार

सडक
तनहुँ, १९ मंसिर/ मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डको आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो । बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१ दशमलव ४५ किमी रहेको छ । आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ… पुरा पढौ

पोखरा– मुग्लिन सडक पहिले भन्दा सुधार, डुम्रे–छिर्कने कालोपत्र शुरु

पोखरा– मुग्लिन सडक
तनहुँ, २० कात्तिक/ पृथ्वी राजमार्गअन्तर्गत पोखरा– मुग्लिन सडक केही सुधार भएको छ । वर्षा याममा भन्दा अहिले केही सुधार भएको सडक भएर पोखरा आउने र पोखराबाट मुग्लिन हुदै अन्यत्र जानेहरु बताएका छन् । वर्षा याममा खाल्डा खुल्डी धेरै नै थिए भने वर्षाका कारण सडक अप्ठेरो थियो काठमाडौंबाट पोखरा आएका जलेश्वर पौडेले भने अहिले धेरै नै खाल्डा कम भएको बताए । उनले बाटो वर्षा यामका भन्दा धेरै नै सुधार भएको रहेछ तर आजभोली सडकमा धुलो उडेर हैरान रहेछ । उनले पहिले… पुरा पढौ

तनहुँमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २० कात्तिक/ तनहुँमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए । गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । पुरा पढौ

तनहुँको एक्लेफाँटमा दुर्घटना हुदाँ लम्जुङका चन्द्रबहादुरको मृत्यु

दुर्घटना
तनहुँ, ६ असार/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका ९ का ५८ वर्षीय चन्द्रबहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ… पुरा पढौ

तनहुँमा अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या

पोखरा, ३१ जेठ/तनहुँमा मगलबार बोराभित्र मृत फेला परेकी युवतीको हत्या आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका–५ मैबल घर भई व्यास नगरपालिका–४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको छ । व्यास–१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेलको मृत भेटिएकी थिइन् । आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाए पछि मनोजले शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएको तनहुँ प्रहरी कार्यालयका एसपी अबदेश विष्टले बताए । त्यसपछि उनले… पुरा पढौ

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
पोखरा, १२ जेठ/ सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो । तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् । छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना… पुरा पढौ

सिद्धिकाली मन्दिरको उद्घाटन र मूर्ति प्राणप्रतिष्ठा

सिद्धिकाली मन्दिरको उद्घाटन र मूर्ति प्राणप्रतिष्ठा
पोखरा, २१ वैशाख / तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ । आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो । साथै विधिपूर्वक पुजापाठ गरि मूर्ति प्राणप्रतिष्ठा गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र… पुरा पढौ