तनहुँमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २० कात्तिक/ तनहुँमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए ।

गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।



Tags: