तनहुँमा ट्रक र स्करपियो ठोकिदा २ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष ९ गते २०८१ मा प्रकाशित


तनहुँमा ट्रक स्करपियो ठोकिदा २ जनाको मृत्यु

तनहुँमा ट्रक स्करपियो ठोकिदा २ जनाको मृत्यु

पोखरा, ९ पुस/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा बिहान इँटा बोकेको ट्रक र स्करपियो ठोकिदा दुई जनाको मृत्यु भएको छ ।

ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर छ । स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ ।



Tags: