
दुर्घटना
तनहुँ, २८ मंसिर/ तनहुँमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका–६, मौरीभीरस्थित सडकमा ग१ख ९४०६ नम्बरको बस र गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आइतबार दिउँसो ठोक्किएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–७, भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।





