
दुर्घटना
तनहुँ, २८ असोज/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार माइक्रोबसले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।
गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको हो ।
गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको माइक्रोले ठक्कर दिदा गम्भीर घाइते भएका थिए ।
घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





