
तनहुँमा दुई बस ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते
तनहुँ, ३ मंसिर/ तनहुँको बन्दिपुरमा दुई यात्रुबहाक बस ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् ।
आइतबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् ।
गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस ठोक्किएका हुन् । जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको दिएको छ ।
दुर्घटना दुई बसका ३० जना घाइते भएका छन् । घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।





