#पोखरा महानगरपालिका

पोखरा महानगरमा एकद्वार प्रणाली र हेलो मेयर कार्यक्रम शुरु हुने

पोखरा महानगरमा एकद्वार प्रणाली र हेलो मेयर कार्यक्रम शुरु हुने
पोखरा, १० भदौ/ पोखरा महानगरपालिकाले सेवामा एकद्वार प्रणाली र हेलो मेयर कार्यक्रम शुरु गर्ने तयारी थालेको छ । एकद्वार प्रणाली धेरै पटक बहसमा उठ्ने गरेको थियो । एकद्धार प्रणाली जनताले सहजता पाउने छन् । नगरबासीका समस्या सुन्न हेल्लो मेयर समेत शुरु हुने छ । हेल्लो मेयरका लागि ११८१ रहेको छ । पुरा पढौ

ट्होटेको अवसरमा पोखरामा महानगरपालिका विद्यालयमा बिदा

पोखरा महानगरपालिका
पोखरा, २९ साउन / गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो । वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक… पुरा पढौ

पोखरामा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

पोखरामा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी
पोखरा, २१ साउन/ पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट “उद्यमशीलता विकास तथा नवउद्यम प्रवर्द्धनका लागि व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी पत्र” मा हस्ताक्षर गरिएको छ । ६ बुँदे समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवन कुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति… पुरा पढौ

पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
पोखरा, २० साउन/ पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गर्नुभएको छ । कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्र मार्फत निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरूमा… पुरा पढौ

चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान

चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान
पोखरा, १९ साउन / पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखा द्धारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गर्नुभएको हो । अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक… पुरा पढौ

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १३ साउन/ पोखरामा नेपालका ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख ‘मेट्रोमिट नेपाल’ शुरु भएका छ । दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याका बारेमा छलफल र मेयर÷उपमेयरको अनुभव आदान प्रदान गर्ने छन् । आइतबार पोखरा घोषणापत्र जारी गर्दै सकिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । सम्मेलनमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको छ । पहिलो दिन मेयर÷उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनमा भएका… पुरा पढौ

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता
पोखरा, १३ साउन/ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण… पुरा पढौ

पोखरामा महानगरका मेयरहरुको सम्मेलन

पोखरा महानगरपालिका
पोखरा, ११ साउन/ पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा महानगरका मेयरहरूको सम्मेलन आयोजना हुने भएको छ । ६ वटै महानगरका मेयरहरुले साझा विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागेको हो । पोखरा साउन १३ र १४ गते हुने सम्मेलनले महानगरका साझा मापदण्ड तय गरेर घोषणा पत्र जारी पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ शीर्षकमा प्रस्तुती दिनेछन् । कार्यक्रममा… पुरा पढौ

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ । पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा… पुरा पढौ

पोखरा महानगरपालिकाबाट करको ३ करोड ७० लाख रुपैयाँ गायब

पोखरा महानगरपालिका
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकामा ३ करोड ७० लाख ७१ हजार रुपैयाँ गायब भएको छ । सर्वसाधारणले तिरेको कर मध्येबाट ३ करोड ७० लाख ७१ हजार रुपैयाँ हराएको हो । महानगरको आम्दानी खातामा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७६ करोड ५३ लाख करबाट जम्मा भएको थियो । जबकी सोही अवधिमा महानगरको राजश्व शाखाले भने १ अर्ब ८४ करोड ३१ लाख ९६ हजार आम्दानी भएको देखाएको छ । बैंक खातामा जम्मा भएको राजश्व र महानगरको राजश्व शाखाले आम्दानीमा ३ करोड… पुरा पढौ