पोखरा महानगरपालिकाबाट करको ३ करोड ७० लाख रुपैयाँ गायब

-


     क्लिक गण्डकी     
     श्रावण ८ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, ८ साउन/ पोखरा महानगरपालिकामा ३ करोड ७० लाख ७१ हजार रुपैयाँ गायब भएको छ । सर्वसाधारणले तिरेको कर मध्येबाट ३ करोड ७० लाख ७१ हजार रुपैयाँ हराएको हो ।

महानगरको आम्दानी खातामा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७६ करोड ५३ लाख करबाट जम्मा भएको थियो । जबकी सोही अवधिमा महानगरको राजश्व शाखाले भने १ अर्ब ८४ करोड ३१ लाख ९६ हजार आम्दानी भएको देखाएको छ ।

बैंक खातामा जम्मा भएको राजश्व र महानगरको राजश्व शाखाले आम्दानीमा ३ करोड ७० लाख ७१ हजार हराएपछि महालेखा परीक्षकको प्रतिवेदनले पनि प्रश्न उठाएको छ । प्रतिवेदनमा गायब भएको रकमको यथार्थ विवरण पेश गर्न भनेको छ ।

महालेखा परिक्षकको अघिल्लो प्रतिवेदनमा पोखरा महानगरबाट करबाट १३ करोड गायब भएको औंल्याएको थियो । त्यतिबेला महानगरले हिसाब मिलान गर्न बाँकी रहेको भन्दै पन्छिएको थियो ।

गायब भएको रकममा १० करोड रुपैयाँ सम्बन्धित व्यक्तिले दाखिला गरेको र बाँकी रकमका रूपमा अहिले ३ करोड ७० लाख देखिएको जनाएको छ । रकम खोजबिन गर्न महानगरले चार्टर्ड एकाउन्टेन्टलाई छानबिनको जिम्मा दिने तयारी छ ।



Tags: