#चुनाब

पोखरा महानगरपालिकामा एमालेबाट वडा अध्यक्षमा को को (नाम सहित)

नेकपा एमाले
पोखरा महानगरपालिकामा एमालेबाट वडा अध्यक्षमा को को नाम सहित पोखरा महानगरपालिका नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारहरु वडा न १: सहारा प्रधान वडा न २: दिपक शाह वडा न ३ :बिष्णु शन्कर ख्वाजु वडा न ४: मदन मुल्मी वडा न ५ : बिष्णु बराल वडा न ६ : बिष्णु भट्टराई वडा न ७ : किशोर बराल वडा न ८ : रुद्र नाथ बराल वडा न ९ : प्रेम गुरुङ्ग वडा न १०: पवित्रा देवि गुरुङ्ग वडा न ११: मीन ब… पुरा पढौ

कास्की कांग्रेसका सभापति सहित पदाधिकारीहरु कार्यकक्षमै थुनिए

पोखरा, ११ बैशाख/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल सहितका पदाधिकारी र सदस्यहरु कार्यकर्ताले कार्यकक्षमै थुनदिएका छन् । नेपाली कांग्रेस पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडासभापतिहरुका साथै नेता कार्यकर्ताले जिल्लाका सभापति लगायतलाई कार्यकक्षमै थुनिदिएका हुन् । पोखरा २२, १८ का सभापति र नेता कार्यकर्ताले आफूहरुको वडाको नेतृत्व अन्य पार्टीलाई दिन नसकिने भन्दौ दवाव दिनका लागि ताला लगाएको नेताहरुले बताएका छन् । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उमेदवार बनाइए पछि वडा अध्यक्ष आफैलाई माग्दै… पुरा पढौ

पोखराको मेयरका लागि १० जनाको उमेद्वारी

पोखराको मेयरका लागि ८ जनाको उमेद्वारी
पोखरा, ११ बैशाख/ पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन १० जनाले मेयरमा उमेद्वारी दिएका छन् भने २ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् । त्यसै गरी वडा अध्यक्ष र सदस्यमा गरी २५ जनाले आइतबरा उमेद्वारी दर्ता गरेका छन् ।अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उमेद्वार गनेस पौडेल पोखराको मेयरका लागि पहिलो उमेद्वारी दर्ता गरे । उम्मेद्वारी दर्तापछि मेयरका उमेदेवार गनेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन्… पुरा पढौ

कास्कीका ४ गाउँपालिका कांग्रेसलाई

गण्डकी प्रदेश
पोखरा, ११ बैशाख/ सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ । आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् । जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिए आई मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । पुरा पढौ

पोखरा महानगरमा कांग्रेस नेता विमलबहादुर कार्कीको बागी उम्मेदवारी

विमलबहादुर कार्की
पोखरा, ११ बैशाख/ पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेद्वारी दर्ता गरेको बताए । ‘पार्टीले सिण्डिकेट लागू ग¥यो । हामी कांग्रेसी हौं । हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् ।… पुरा पढौ

पोखरामा दुई जनाको मेयरमा उमेद्वारी

पोखरा, ११ बैशाख/ पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उमेद्वारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उमेद्वार गनेस पौडेल र अर्का स्वतन्त्र उमेद्वार विमल बहादुर काकीले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरु दुबै पोखरा १४ का बासीन्दा हुन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । गनेश पौडेलको सर्मथकमा सरोज जिसी र प्रस्तावकमा अप्सरा अधिकारी रहेका छन् । त्यसै गरी विमलबहादुर कार्की प्रस्तावकमा फणिन्द्र कार्की र सर्मथकमा खिम… पुरा पढौ

अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी
पोखरा, ११ बैशाख/ अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको उनले बताए । ‘यसमा युवाहरुको पनि चासो… पुरा पढौ

एमालेबाट पोखराको मेयर उम्मेदवार दीपक पौडेल, उपमेयरमा मञ्जुदेवी गुरुङ

दीपक पौडेल
पोखरा, ११ बैशाख/ नेकपा एमालेले पोखराको मेयर उम्मेदवार दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ । पौडेल पूर्व शिक्षक हुन् भने मञ्जु अहिले पनि उपमेयर छिन् । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेल मेयर र गुरुङलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए । मतदान गरेर तीन जनाको नाम पठाउने भने पनि तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट भएका छन् ।… पुरा पढौ

राप्रपा नेपाल कास्कीको मेयरमा गुरुङ्ग र उपमेयरमा दवाडी

राप्रपा नेपाल कास्कीको मेयरमा गुरुङ्ग र उपमेयरमा दवाडी
पोखरा, १० बैशाख/ राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसहमत रुपबाट चयन गरेको छ । राप्रपा नेपाल कास्कीको शनिबार बसेको बैठकले मेयरमा गोविन्द गुरुङ्ग र उपमेयरमा चिना दवाडीलाई अगाडी सार्ने निर्णय गरेको हो । पोखरा–१५ निवासी युवा नेता गुरुङ्ग राष्ट्रिय युवा मोर्चा, कास्की जिल्लाका अध्यक्ष हुन् । त्यस्तै पोखरा–६ निवासी युवा नेत्री दवाडी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीका जिल्ला अध्यक्ष हुन् । राप्रपा नेपाल कास्कीको शनिबार बसेको चुनाव केन्द्रित बैठकले उनीहरुलाई सो पदमा सर्वसम्मत चयन गरेको… पुरा पढौ

एकीकृत समाजवादीबाट पोखरा महानगरको मेयरमा धनराज आचार्य

धनराज आचार्य
पोखरा, १० बैशाख/ नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरको उमेद्वारमा धनराज आचार्यको नाम टुङ्गो लगाएको छ । समाजवादीको शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजबादी कास्कीका सचिब होम नेपालीले बताए । उनले कास्की जिल्ला र प्रदेश गएका तीन वटा नाम मध्येबाट आचार्यको नाम फाइनल भएको बताए । सत्ता गठबन्धमा पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई परेको थियो । पुरा पढौ