विमलबहादुर कार्की
पोखरा, ११ बैशाख/ पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् ।
पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेद्वारी दर्ता गरेको बताए ।
‘पार्टीले सिण्डिकेट लागू ग¥यो । हामी कांग्रेसी हौं । हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् ।
अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’ कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए ।