गण्डकी प्रदेश
पोखरा, ११ बैशाख/ सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ ।
आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् ।
अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् । जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिए आई मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।