
धनराज आचार्य
पोखरा, १० बैशाख/ नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरको उमेद्वारमा धनराज आचार्यको नाम टुङ्गो लगाएको छ ।
समाजवादीको शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजबादी कास्कीका सचिब होम नेपालीले बताए ।
उनले कास्की जिल्ला र प्रदेश गएका तीन वटा नाम मध्येबाट आचार्यको नाम फाइनल भएको बताए । सत्ता गठबन्धमा पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई परेको थियो ।