अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०७९ मा प्रकाशित


अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

पोखरा, ११ बैशाख/ अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए ।

स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको उनले बताए । ‘यसमा युवाहरुको पनि चासो बढी रहेको छ । जित लगभग सुनिश्चित जस्तै छ,’ उनले भने ।

त्रिपक्षीय मत बाडीने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए । हालसम्म पोखरामा मेयर पद सहित १७ जनाले अटेरी उम्मेद्वारी दिने घोषणा गरि सकेका छन् ।

अहिले मुख्य राजनीतिक दलका उम्मेद्वार बाहेक स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकाहरुले उम्मेद्वारी दर्ता गराई रहेका छन् ।



Tags: , ,