दीपक पौडेल
पोखरा, ११ बैशाख/ नेकपा एमालेले पोखराको मेयर उम्मेदवार दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ । पौडेल पूर्व शिक्षक हुन् भने मञ्जु अहिले पनि उपमेयर छिन् ।
शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेल मेयर र गुरुङलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए ।
मतदान गरेर तीन जनाको नाम पठाउने भने पनि तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट भएका छन् । लामो समय शिक्षक आन्दोलनमा जोडिएका उनी ओली निकट मानिन्छन् ।
उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर अरु ११ उपमेयरका दाबेदारलाई छाडेर एमालेले उनलाई टिकट दिएको छ । मञ्जु पार्टी केन्द्रीय सदस्य हुन् भने पौडेल प्रदेश कमिटी सदस्य छन् ।