पोखरामा दुई जनाको मेयरमा उमेद्वारी

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०७९ मा प्रकाशित


निर्वाचन

पोखरा, ११ बैशाख/ पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उमेद्वारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उमेद्वार गनेस पौडेल र अर्का स्वतन्त्र उमेद्वार विमल बहादुर काकीले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

उनीहरु दुबै पोखरा १४ का बासीन्दा हुन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । गनेश पौडेलको सर्मथकमा सरोज जिसी र प्रस्तावकमा अप्सरा अधिकारी रहेका छन् । त्यसै गरी विमलबहादुर कार्की प्रस्तावकमा फणिन्द्र कार्की र सर्मथकमा खिम बहादुर घर्ती रहेका छन् ।

त्यसै गरी पोखरा महानगर पालिका २६ को वडा अध्यक्षमा नारायण प्रसाद आचार्य, पोखरा ३ को वडा अध्यक्षका लागि महेश उदास र पोखरा ३० वडा अध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उमेद्वारी दिएका छन् । उम्मेद्वारी दर्तापछि मेयरका उमेदेवार गनेश पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए ।

स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको उनले बताए । उमेद्वारहरुका नाम टुङ्गो नलागेपछि ठुला राजनैतिक दलहरुले भने भोली मात्रै उमेद्वारी दर्ता गराउने भएका छन् ।



Tags: , ,