खेलकुद

नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पोखराका राजेन्द्र तामाङ नियुक्त

नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पोखराका राजेन्द्र तामाङ नियुक्त
पोखरा, १० माघ/ नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पोखराका राजेन्द्र तामाङ नियुक्त भएका छन् । तामाङको नियुक्ति गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जानकारी दिएको छ । एन्फाका महासचिव किरण राईले कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेखु र पेमा डोल्मा लामाको उपस्थितिमा मुख्य प्रशिक्षक तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरे । तामाङले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि टोलीको प्रशिक्षण गर्ने छन् । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ । तामाङले प्रतियोगिताअघि… पुरा पढौ

आर्मी आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा

आर्मी आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा
पोखरा, १० माघ/ त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपमा क्वार्टरफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको खेलमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली आर्मी क्लब अन्तिम आठमा प्रबेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाए । पहिलो पटक आहा रारामा सहभागी राइजिङ स्टारलाई आर्मीले माघ १४ गते संकटा क्लब सँगको भेट पक्का ग¥यो । प्रतियोगितामा आर्मीका भरत खवास म्यान… पुरा पढौ

आयोजक सहारालाई हराउदै थ्री स्टार आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल

आयोजक सहारालाई हराउदै थ्री स्टार आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल
पोखरा, ९ माघ/ आयोजक सहारा क्लबलाई हराउदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ । थ्रीस्टारले सहारा क्लबलाई २–१ गोलले हराउदै अन्तिम ८ अन्तिममा पुगेको छ । थ्री स्टारलाई जिताउन एञ्जल मर्हजनर र योगेश गुरुङ गोल गरे । सहाराका आशिष गुरुङले १ फर्काए थिए । योगेशको गोलमा पाँचौं मिनेटमा अग्रता लिएपनि २३ औं मिनेटमा आशिषले बराबरी गोल गरे । लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेड मार्फत गोल गरे । ५९ औं मिनेटमा एन्जलले गोल… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी

प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी
पोखरा, ७ माघ/ गण्डकी प्रदेशले प्रधानमन्त्री कप २०८० मा पहिलो जित निकालेको छ । गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा अलआउट ग¥यो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले १५.२ ओभरमा अलआउट हुँदै २५ मात्र रन जोड्न सक्यो । कप्तान विपिन खत्रीको स्पिनविरुद्ध कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीले भने १ सय ४२ रनले पहिलो जित दर्ता गरेको छ । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा अल… पुरा पढौ

आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने
पोखरा, ७ माघ/ मंगलबारदेखि पोखरामा हुने २३ औं आहा रारा पोखरा गोल्डकमा १२ टिमले प्रतियोगितामा सहभागी हुनेछन् । डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, चर्च ब्वाइज, एपिएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ । विदेशी टिममा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । दिल्ली एफसी आउने भने पनि अन्तिम समयमा आउन नसकेको उनले बताए । उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार… पुरा पढौ

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र
पोखरा, ६ माघ / गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समतिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा शुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र रविन्द्र तझ्या रहेका छन् । दुइ सदस्य पछि मनोनित गर्ने छ। यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय अध्यक्ष तथा संघिय सांसद धु्रवबहादुर… पुरा पढौ

टाइगर कपको उपाधि हेत्प नेपाल र एपिएफलाई, फरकउद्दिन र निरुता उत्कृष्ट खेलाडी

टाइगर कपको उपाधि हेत्प नेपाल र एपिएफलाई, फरक र निरुता उत्कृष्ट खेलाडी
पोखरा, ६ माघ/ टाइगर कप भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपाल स्पोर्टस क्लब र एपिएफ क्लबले जितेका छन् । शनिबार भएको फाइलन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालले गण्डकीलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ सेटमा हरायो । तीन पाकिस्तानी खेलडीका साथ हेल्प नेपाल फाइनमा मैदान उत्रिएको थियो भने गण्डकी ३ भारतीय खेलाडी सहित मैदान उत्रिएको थियो । पहिलो र तेस्रो संस्करणको उपाधि गण्डकीले जितेको थियो ।… पुरा पढौ

टाइगरकप भलिबलमा गण्डकी र हेल्प नेपाल फाइनलमा, महिला तर्फ आर्मी तेस्रो

टाइगरकप भलिबलमा गण्डकी र हेल्प नेपाल फाइनलमा, महिला तर्फ आर्मी तेस्रो
पोखरा, ५ माघ/ चौथो टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपाल स्पोर्टस क्लब सेमिफाइनलको खेल जित्दै फाइनल प्रबेश गरेको हुन् । घरेलु टोली गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका आर्मीलाई ३–१… पुरा पढौ

टाइगर कप भलिबलमा महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

टाइगर कप भलिबलमा महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा
पोखरा, ५ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले… पुरा पढौ

पोखरा–१५ को खेल महोत्सवः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम

पोखरा–१५ को खेल महोत्सवः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम
पोखरा, ४ माघ/ पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो । शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का गरेको… पुरा पढौ