त्रिभुवन आर्मी संकटालाई हराउदै आहा रारा पोखरा गोल्डकपको सेमिफाइलनमा

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०८० मा प्रकाशित


त्रिभुवन आर्मीले संकटाविरुद्ध गोलगरेपछि । तस्बिरः सुर्दशन रन्जित

त्रिभुवन आर्मीले संकटाविरुद्ध गोलगरेपछि । तस्बिरः सुर्दशन रन्जित

पोखरा, १४ माघ/ त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई ३–० ले हराउँदै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । डिफेन्डिङ च्याम्पीयन संकटा पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोलको योगदान दिए । खेलको ४५ औ मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै आर्मीका लागि खाता खाले ।

आर्मीका कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसममा जिलेस्पी जंग कार्कीले हेड मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।

त्यसै गरी ७६ औ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । हेन्जनले जिलेस्पीजंग कार्कीको पासमा गोल गरेका हुन् ।

आर्मीले माघ १६ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बीचको विजेतासँग माघ १८ गते खेल्नेछ । संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो भने विभागीय टोली नेपाल आर्मीले राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका थिए । सोमबार जाउलाखेल र मनाङ मस्र्याङदी क्लब बिच हुनेछ ।

१२ टिमको सहभागिता रहेको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।