अफगानिस्तानलाई हराउदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा
पोखरा, १२ माघ/ आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ ।
नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।
जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ’डी’ मा तेस्रो बन्दै सुपर–६ मा पुगेको हो ।
अब सुपर–६ मा नेपालले समूह ’ए’ का भारत, र बंगालदेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि ५८ रन जोडे ।
त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो । तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे ।
देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो । तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए ।
यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालको नवौं विकेटको थियो । त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो । सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो ।