राजनीति

मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

रामजीप्रसाद बराल
पोखरा, १९ असार/ गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए । त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ । मनोनित भएका सदस्यहरुलाई… पुरा पढौ

पोखरामा राप्रपाको हिन्दूराष्ट्र मागगर्दै राँके जुलुश

राँके जुलुश
पोखरा, १७ असार / राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले शुक्रबार पोखरामा राँके जुलुश प्रदर्शन गरेको छ । पार्टीले असार १ गते सरकारसमक्ष बmुझाएको २२ बुंदे ज्ञापनपत्रको कार्यान्वयनका लागि दबाब दिन पोखराको अमरसिंहचोकमा राँके जुलुश प्रदर्शन गरेको हो । यसअगाडि पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, महँगी तथा कालोबजारी, किसानलाई आवश्यक मल तथा बिऊ विजनको उपलब्धता तत्काल व्यवस्थापन हुनुपर्ने मागसहित राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेसम्मका माग राख्दै राप्रपाले सरकारलाई ज्ञापन पत्र बुझाएको थियो । ‘हामीले शान्तिपूर्ण रुपमै… पुरा पढौ

स्थानीय तहको न्यायिक समिति संघीयताको बलियो पक्षः मुख्यमन्त्री

कृष्णचन्द्र पोखरेल
पोखरा, १७ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघियताको बलियो पक्ष भएको बताएका छन् । कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जनताका घरदैलोका समस्या समाधानका लागि स्थानीय तहलाई न्यायिक अधिकार दिएका बताए । देश संघियतामा गएपछि केन्द्र र प्रदेशको न्यायिक समिति नभएको अवस्थामा स्थानीय तहमा मात्र यो समिति हुनु सुन्दर पक्ष भएको उनको धारणा थियो । हाम्रो समाज आफूले कति दुख पाएँ भन्दा पनि… पुरा पढौ

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित
पोखरा, १६ असार/ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा बिहीबार सभापति बाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ । समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् । समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र २ जना माओवादी सांसद छन् । दिऊसो १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म कोही पनि नआएपछि बैठक स्थगित गरिएको सभापति कोइरालाले बताए । समितिले असार १ गते बजेट ल्याउए पछि बजेट माथी छलफल हुन सकेको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीको नेकपा एमालेले माग्यो राजीनामा

गण्डकीका मुख्यमन्त्रीको नेकपा एमालेले माग्यो राजीनामा
सागर राज तिमिल्सिनापोखरा, १५ असार/ नेकपा एमाले संसदीय दलले गण्डकी सरकारको राजीनामा मागेको छ । बुधबार पत्रकार सम्मेलन गरी सरकारले बजेटमाथि निकास दिन नसकेको भन्दै राजीनामा मागेको हो । ‘बजेट अभिवेशनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेर संसद बन्द गर्नु बहुलठ्ठी पन हो,’ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भने, ‘सरकारसँग अलिकति नैतिकता छ भने राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन… पुरा पढौ

गण्डकी प्रदेशमा बढाएको सवारी कर फिर्ता गर्न युवा संघ र अनेरास्ववियुको माग

गण्डकी प्रदेशमा बढाएको सवारी कर फिर्ता गर्न युवा संघ र अनेरास्ववियुको माग
पोखरा, १४ असार/ आगामी आर्थिक वर्षदेखि सवारी कर बढाउने निर्णयमा नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीले सवारी करसहित अन्य सात विषयमा ध्यानाकर्षण गराएका हुन् । सवारी करमा गरिएको भारी वृद्धि तत्काल फिर्ता गर्न, ६/६ महिनामा सवारी नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गर्न, यातायात कार्यालयमा भएको व्यापक बेथिति नियन्त्रण र छानबिन गर्न, प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रमः ६ महिनामा ३ हजारलाई रोजगारी

पोखरा महानगरको नीति तथा कार्यक्रमः ६ महिनामा ३ हजारलाई रोजगारी
पोखरा, ८ असार/ आगामी वर्षको पहिलो ६ महिनामा पोखरा महानगरपालिकाले ३ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ हजार रोजगारी ६ महिनाभित्र दिने बताए । उनले रोजगारीका लागि प्लस टु तह अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यले बताए । उनले महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज… पुरा पढौ

गण्डकी प्रदेशमा सरकार र अर्थमन्त्री बिच द्धन्द

गण्डकी प्रदेश
पोखरा, ६ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि गठबन्धन सरकार र अर्थमन्त्रालय बीच द्वन्द्व बढेको छ । कांग्रेस नेतृत्वको गठबन्धन सरकारले छुटाउन नहुने भनेको कार्यक्रम बजेटमा समावेश नगरिदिए पछि द्धन्द्ध बढेको हो । सरकारले निर्वाचन पूर्वाधार कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम र व्यवसाय जीवन रक्षा कोषलाई हटाएको भन्दै आइतबार बोलाएको संसद पनि अनिश्चित कालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद बैठकको निर्णय र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन अवज्ञा गर्दै माओवादीबाट अर्थमन्त्रालय सम्हालेका अर्थमन्त्री… पुरा पढौ

दलीय प्रणाली बाहिर जनताको सेवा कठिनः नेतृ आरजु देउवा

आरजु राणा देउवा
पोखरा, ६ असार / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको उनले बताइन् । नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाब दिइन् । प्रधानमन्त्री पत्नी समेत रहेकी नेतृ आरजु देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन शाहले चुनाव… पुरा पढौ

पोखरामा राप्रपाको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई १९ बुंदे ज्ञापनपत्र

पोखरामा राप्रपाको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई १९ बुंदे ज्ञापनपत्र
पोखरा, १ असार/ विभिन्न १९ बुंदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सम्मका माग राख्दै पार्टीले विरोध जनाएको हो । सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडो भन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको… पुरा पढौ