मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

-


     क्लिक गण्डकी     
     असार १९ गते २०७९ मा प्रकाशित


रामजीप्रसाद बराल

रामजीप्रसाद बराल

पोखरा, १९ असार/ गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए ।

त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ । मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाण्डौंमा सोमबार देखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्ने भएको उनले जनाए ।

गण्डकी प्रदेशको प्रदेश सभामा बजेट सम्बन्धि छलफल सोमबार देखि संचालन हुने भएको हुदा मन्त्री बराल पोखरा फर्किदै गरेको श्रोतको भनाई छ ।



Tags: