गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

-


     क्लिक गण्डकी     
     असार १६ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा, १६ असार/ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा बिहीबार सभापति बाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ ।

समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् । समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र २ जना माओवादी सांसद छन् ।

दिऊसो १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म कोही पनि नआएपछि बैठक स्थगित गरिएको सभापति कोइरालाले बताए । समितिले असार १ गते बजेट ल्याउए पछि बजेट माथी छलफल हुन सकेको छैनन ।

त्यही भएर संसद्को गतिरोधबारे छलफल गर्नका लागि बैठक बोलाएको उनले बताए । समितिले संसद् नचल्नुका कारण खोज्ने र छिटो सदन सञ्चालनका लागि निर्देशन दिन अर्थमन्त्रीलाई समेत डाकेर कोइरालाले बताए ।

तर एमालेले भने सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै बुधबार पत्रकार सम्मेलन गरे विरोध गरेको थियो ।