राजनीति

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठलाई निस्कासन गर्ने निर्णय

ढाकाकुमार श्रेष्ठ
पोखरा, २९ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका आडियो टेप सार्वजनीक भएपछि उनलाई निस्कासन गरेको हो । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा समानुपातिक सांसद विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल… पुरा पढौ

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण

ढाकाकुमार श्रेष्ठ
पोखरा, २६ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार विज्ञप्ति जारी गर्दै अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनलाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ । रास्वपाले टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ । यसअघि आजै… पुरा पढौ

छोटो समयमा परिणाममुखी काम भएको छः मन्त्री गाहामगर

छोटो समयमा परिणाममुखी काम भएको छः मन्त्री गाहामगर
पोखरा, २२ चैत/ गण्डकी प्रदेशका आन्तरिक मामिला, कानुन मन्त्री तथा सरकारका प्रवक्ता रोशन गाहामगरले छोटो समयका लागि आफू मन्त्री बनेको भए पनि परिणाम राम्रो आएको दावी गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले मुस्ताङको जोमसोममा मंगलबार आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रममा प्रवक्ता गाहामगरले आफ्नो कार्यक्रम छोटो समयका लागि भए पनि सफल भएको दावी गरेका हुन् । मन्त्री गाहामगरले आफू पछि आउने नयाँ मन्त्रीले पनि यसरी नै द्रुत गतिमा प्रदेशका लागि काम गर्ने आशा व्यक्त गरे । ‘परिणाम… पुरा पढौ

पोखरा १८ को पुन मतगणना गर्न उच्च अदालत पोखराको आदेश

उच्च अदालत पोखरा
सागर राज तिमिल्सिनापोखरा, २१ चैत/ पोखरा महानगर पालिका वडा नम्बर १८ का वडाध्यक्ष पदको पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलाशले वैशाख २० गते मतगणना गर्न मंगलबार आदेश दिएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए । उक्त मतगणनाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पुष्कल थापाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले चुनावमा खसेको मत भन्दा ९ मत… पुरा पढौ

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्कीको अध्यक्षमा पार्वती पाण्डे

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्कीको अध्यक्षमा पार्वती पाण्डे
पोखरा, १६ चैत/ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । ‘सम्पदा संरक्षण र गन्तब्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्याम प्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने, अर्जुन सुवेदी, सुनिता पहारी गैह्रे, शिव थापा, सरस्वती… पुरा पढौ

वन विज्ञान अध्ययन संस्थान पोखरा स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की विजयी (कस्को कति मत)

वन विज्ञान अध्ययन संस्थान पोखरा स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की विजयी
पोखरा, १३ चैत/ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु समिर कार्की विजयी भएका छन् । उनले नेविसंघका मुबारक अलि गद्दीलाई १ सय ५९ मतले पछि पार्दै विजयी भए । कार्कीले २९५ र मुबरकले १ सय ३६ मत प्राप्त गरे । स्ववियु निर्वाचनका लागि एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए । कार्कीको प्यानल नै बिजयी भएको छ । सचिबमा अखिल क्रान्तिकारीका धिराजन परियार बिजयी भएका छन् । उनले… पुरा पढौ

रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

रवि लामिछाने
पोखरा, ६ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने माथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो । लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८… पुरा पढौ

पिएनमा नेवि संघको होली कार्यक्रम, विद्यार्थीको रंगीन सपना पूरा गराउँछौँः विद्यार्थी नेता न्यौपाने

पिएनमा नेवि संघको होली कार्यक्रम, विद्यार्थीको रंगीन सपना पूरा गराउँछौँः विद्यार्थी नेता न्यौपाने
पोखरा, २२ फागुन/ रङहरुको पर्व होलीको अवसरमा नेपाल विद्यार्थी संघप्रति आस्थावान विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पसमा सौहार्दपूर्ण होली विशेष कार्यक्रमको आयोजना गरेका छन् । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस निवर्तमान सभापति सतिश बास्तोलाको संयोजकत्वमा सो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघप्रति आस्था राख्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरिएको होली कार्यक्रममा बोल्दै विद्यार्थी नेता सुशील न्यौपानेले रङहरुको पर्वबाटै आउँदो चुनावको तयारी गर्नुपर्ने बताए । ‘आउँदो स्ववियू निर्वाचनमा नेवि संघ विजयी… पुरा पढौ

मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी

मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी
पोखरा, २० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले एमाले अध्यक्ष केपि ओलीलाई प्रहार गरेर राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरिरहेको बताएका छन् । प्रेस क्लब गण्डकीको शनिबार पोखरामा भएको अधिवेशनको उद्घाटन गर्दै अधिकारीले केपी ओलीलाई लक्षित गरी राष्ट्रिय स्वाधिनतामा आक्रमण भइरहेको बताए । उनले मिडियाले सबै भन्दा बढि ओलीलाई प्रहार गरेको बताउदै देशलाई अस्तिरता तर्फ लैजान खोजेको बताए । उनले देशमा अस्तिरता आउदा राजनीति, व्यवस्था, पत्रकारीता केही पनि बलियो नहुने बताए । प्रणाली बलियो नहुँदा सञ्चार जगत ज्ञानेन्द्रकालीन तानाशाहको आक्रमणमा… पुरा पढौ

प्रदेशको सामथ्र्य बढाउने एकमात्र लक्ष्यः मुख्यमन्त्री अधिकारी

प्रदेशको सामथ्र्य बढाउने एकमात्र लक्ष्यः मुख्यमन्त्री अधिकारी
पोखरा, ९ फागुन / गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो ( प्रदेश संरचना ) नै फालौं भनेजस्तो हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’,पोखरा उद्योग वाणिज्य संघले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने,‘अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस ( जिल्ला समन्वय समितिजस्तो हुन्छ ।’ उनले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि… पुरा पढौ

This will close in 10 seconds