
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मत परिणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
१८ वडाको २३ हजार ६ सय ८२ मतगणना गर्दा वाग्लेले ११ हजार ८ सय ४५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३३ मत पाएका छन् ।
स्वर्णिमले गोविन्द भन्दा ४ हजार ७ सय ८६ मतले अगाडी छन् । गोविन्द्रले स्वर्णिम सगँको मत अन्तर घटाउदै लगेका छन् । अहिले देवघाट गाउँ पालिकाको गणना गर्दा मत अन्तर घटाउदै लगेका हुन् ।
तनहुँ(१ अपडेट
१८ वडाको मतगणना सकिदा ९२३६८२०
रुख गोविन्द भट्टराई ७०५९
सूर्य सर्वेन्द्र खनाल ४०३३
घण्टी डा। स्वर्णिम वाग्ले ११८४५





